सोम शर्मा, बागलुङ २०७७ असार ३१ । जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र्इश्वरी प्रसाद शर्मालार्इ त्यहा काम गर्ने पूर्व कर्मचारी सब इन्जिनियर खगेन क्षत्रीले भ्रष्टाचार गरेको आरोप लागेपछी अधिकृत शर्माले त्यस्तो नभएको भनी आफ्नो बचाउमा बिज्ञप्ती प्रकाशित गरेका छन। निज क्षेत्रीले लगाएको आरोप निराधार भएको र आबश्यक परेको बेलामा आफुले गरेको फार्इल उपलब्ध समेत गराउने उनको बिज्ञप्तिमा उल्लेख छ।
क्षत्री कार्यालयमा कार्यरत रहंदा गलत अभ्यास गरेको, सेवाग्राही मैत्री कार्य नगरेको, गलत प्रबृत्तिका ब्यक्तिसंग हेलमेल गरेको, र कार्यालयलाइ सुचना नै नदिइकनै थाइल्याण्ड घुम्न गएको गै पछि माफी मागेपछी कार्यालयको काममा निरन्तरता दिएको जस्ता आरोप लगाएका छन। क्षत्रीले लगाएका आरोपमा जेसिभी खरिद प्रकरणमा कुनै अनियमितता नभएको उल्टै ५१ लाख ६० हजार लागत कायम गरिएकोमा ४८ लाख ५१ हजारमा किनिएको उल्लेख गरेका छन साथै डिपिआर समेत अघिल्लो बर्षको नभै २०७५र७६ को भएको र उक्त डिपिआर समेत कानुनसम्बत तयार भएको उनको बिज्ञप्तिमा जनाएका छन। बरु उल्टै क्षत्रीले जमुनी नगरपालिकाको स्वामित्वमा रहेको एउटा मोटरसाइकल र ल्यापटप अझैसम्म आफ्नै प्रयोगमा राखी नगरपालिकालाइ अझैसम्म नबुझाएको आरोप समेत प्रमुख प्रशासकीय अधिकृत शर्माले विज्ञप्तीमा लगाएका छन।
जैमिनीमा लाखौं भ्रष्टाचार ? प्रशासकीय अधिकृत शर्मा र पूर्व सहायक ईन्जिनियर क्षेत्री बीच जुहारी !