रामप्रसाद घिमिरे, बुर्तिवाङ २०७७ असार ३१ । ढोरपाटन नगरपालिकामा करारमा ईन्जिनियर मिलन अधिकारी रु १ लाख घुस सहित पक्राउ परेका छन् । नगरपालिकामा ढोरपाटन नगरपालिकाको स्थानीय उपभोक्ता समितिव्दारा निर्माण भैरहेको सडकमा ईन्जिनियर अधिकारीले रु १ लाख रुपयाँ घुस लिई रहँदा अक्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सूचना अधिकारी मेघनाथ रिजालले बताए । उनलाई अख्तियारले दुई घण्टा अगाडी जीरो किलोमिटरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका अधिकारी पोखरा निवासी भएको र उनले उपभोक्ताहरुलाई पोखरा बोलााई घुस लिँदै गर्दा पक्राउ परेका थिए । उनि साझा पार्टीका उमेदवार पनि हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सूचना अधिकारी मेघनाथ रिजालसंग को कुराकानी ।
थप विवरण आउन बाँकी ।
8 Comments