बागलुङ २०७७ साउन १ । आज विहान ७ बजे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराबाट जारी प्रेस बिज्ञप्ति अनुसार बागलुङ जिल्लाका दुईजना र स्यांजा जिल्लामा एक जना गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा बागलुङ जिल्लाको गल्कोट नगरपालिकाका २५ र ३५ वर्ष उमेरका दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२३१ पुगेको छ ।