Sorry, that menu does not exist.
 

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान : साउन ४ देखि मुलुकका विभिन्न भागहरुमा तीन दिन भारी वर्षा !

रामप्रसाद घिमिरे, बागलुङ २०७७ साउन २ । असार महिनामा परेको अबिरल वर्षा पश्चात आएको बाढी पहिरोबाट मुलुकले जनधनको ठुलो क्षेती व्यहोर्नु परेको छ । छिमेकी जिल्ला म्याग्दीमा भीषण वर्षा, बाढी पहिरोबाट अकल्पनीय मानवीय क्षेती व्यहोर्नु प-यो भने करोडौँको भौतिक संरचना क्षेतीग्रस्त भए । उता छिमेकी जिल्लाहरु पर्वत र गुल्मीमा पनि वर्षातका कारण जनधनको नराम्रो क्षती भएको समाचारहरु प्रकाशमा आएका छ्न् ।

बागलुङमा वर्षा थामिएको छैन, जिल्लाका विभिन्न भूभागहरुमा पहिरो जानेक्रम जारी छ । मानिसहरु पहिरोका कारण विस्थापित हुने सिलसिलापनि यथावत नै छ । बागलुङ जिल्लामा हाल सम्म २ जनाको मानवीय क्षति, ७ घर र ४ गोठ पुर्णरुपमा क्षति, ३१ घर जोखिममा, ४ पशु चौपाय पुरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । गत असार ६ गते अबिरल वर्षा सँगै गएको पहिरोले जिल्लाको काठेखोला गाउँपालिका वडा न। (४, तंग्राममा बर्ष ३८ की बिमला पुनको घर पुरिंदा उनको मृत्यु भएको थियो । ताराखोला गाउपालिका, बरेङ गाउपालिका लगायत विभिन्न गाउपालिकाहरुमा वर्षा बाढी पहिरोबाट स्थानीयबासी त्राहिमाम छन् ।

जिल्लाको मेरुदण्ड मानिने मध्यपहाडी लोकमार्ग ठाउँठाउँमा पहिरोले छिया छिया बनाएको छ । कुन बेला कहाँ पहिरो गएर लोकमार्ग अवरुद्ध हुन्छ भन्न सकिने अवस्था छैन । लोकमार्ग संग जोडिएका अन्य ग्रामिण सडकहरुको पनि यस्ते हाल रहेको छ ।

यसैवीच जल तथा मौसम विज्ञान विभागले पर्सि साउन ४ देखि मुलुकका विभिन्न भागहरुमा भारी वर्षाको पूर्वानुमान सार्वजनिक गरी सचेत गराएको छ। भारी वर्षा तीन/ चार दिन रहने विभागले जनाएको छ । यसअघी पनि बिभागले असार २५ गते देखी असार २९ गते सम्म भारी वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेको थियो ।

जल तथा मौसम विज्ञान विभागबाट सार्वजनिक गरिएको पूर्वानुमानलाई मध्यनजर गरी जिल्लाको विपद व्यवस्थापन समिति, पालिका स्तरीय विपद व्यवस्थापन समितिहरुले आआफ्नो तहबाट स्थानीयबासीहरुलाई अहिले देखिनै सतर्क र सजग गराउन पहल कदमी उठाउनु पर्ने नागरिकहरुले बताईरहेका छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !