Sorry, that menu does not exist.
 

अस्पताल व्यवस्थापन समिति कहाँ छ ? अव्यवस्थित सेफ्टी ट्यांकीको दुर्गन्धले अस्पताल आसपासको बस्ती गन्हायो !

सोम शर्मा, बागलुङ २०७७ साउन २ । धौलागिरी अस्पतालमा बनाइएको अब्यबस्थित तबरको सेफ्टी ट्यांकीले गर्दा अस्पताल पछाडी जोडिएको मरेपिपल बस्तीलार्इ सास्ती पुगेको छ हरेक हप्ताजसै सेफ्टी ट्यांकी भरिन्छ र त्यहां जम्मा भएको दिसा पिसाब बाहिर ओभर फ्लो हुन्छ, सो दुर्गन्धले त्यहाका बासिन्दालाइ बस्नै नसक्नेगरी गनाउछ। बासिन्दालाई मात्रै समस्या हैन अस्पतालको लाखौं रुपैंया यसमा खर्च भैरहेको छ, हप्ता दिनमै भरिइहाल्ने हुनाले त्यसलाइ फाल्नको लागि मात्र लाखौ रुपिया त्यसै स्वाहा भएको छ । एउटा ब्यबस्थित सेफ्टी ट्यांकी नहुदा यता अस्पतालको लाखौ झ्वाम भएको छ भने उता स्थानियबासीलाइ दुर्गन्धको मारले खपिनसक्नु छ। हप्ताभरमै ट्यांकी भरिएपनी उक्त ट्यांकी सफा गर्नेतर्फ कहिले चासो नदिएको स्थानियको गुनासो छ।

हामी प्रत्यक पटक डेलिगेस जान्छौं अनि मात्र त्यो बेलामा आएर सफा गर्छन नत्र संधैभरी यस्तै हुन्छ आफै आएर उनिहरुले कहिलेपनी सफा गर्दैनन स्थानिय निर्मला नेपालीले बताइन।
करिब २ बर्ष भयो खाना खान पनि गारो हुन्छ यसको दुर्गन्धले गर्दा। बाटो हिंड्ने ब्यक्ती पनि नाक थुन्दै हिंड्छन झन हामी कसरी बसेका हौंला ? तपाइहरु आफै सोच्नुस त । पटक पटक अस्पताललाई जानकारी गराउदा समेत बेवास्ता भैरहन्छ। अस्पतालले हाम्रो समस्या कहिले बुझ्ने नेपाली भनिन।

त्यस्तै अर्का स्थानिय निरा श्रेष्ठको गुनासो पनि त्यस्तै छ । उनी भन्छिन पहिले नै यसलाइ ब्यबस्थित तबरले बनाएको भए हुने पहिले चाहिँ झारो टार्ने काम मात्र भयो अहिले हप्ता दिन नहुदै दुर्गन्धितमा बस्नुपर्ने बाध्यता छ, एकदमै नराम्रो गन्ध आउँछ, खाने बेलामा ठ्वास्स गन्ध आउँछ अनि कहिले त खानै छोडेर हिंड्छौं। यसको लागि भनेर लाखौं रकम धेरै पटक सकिइसकेको छ यसलाइ ब्यबस्थित बनाए त सबैलाई राम्रो हुन्थ्यो नि। अस्पतालमा हामी जादा कहिले बेवास्ता हुन्छ भने कहिले हामी ब्यस्त छौ भन्ने जबाफ आउँछ त्यसले गर्दा हामी निकै समस्यामा छौं। अहिले मात्र यहि असार १८ गतेदेखी ट्यांकी भरिएर दुर्गन्धले आजित बनाएको छ हामलिे यसको ध्यानाकर्षण गरायौं तर अहिलेसम्म यसलाइ उठाउन आउनुभएको छैन, अस्थायी रुपले हैन स्थायी रुपले नै यसको हल छिटै हुनुपर्छ नत्र हामी सशक्त तबरले अगि बढ्नेछौं।

त्यहा हिंड्दै गरेका एक यात्रु बिदुर शर्माले समेत यसको दुर्गन्धले बटुवालाई समेत हिंड्न गारो भएको बताए।

यसै सन्दर्भमा हामिले अस्पतालका मेडिकल सुपरिटेन्डेन शैलेन्द्र बि पोखरेलाइ यससम्बन्धि जिग्यासा राखेका थियौं, उनका अनुसार यो समस्याले त्यहांका स्थानियलाइ समस्या परेको हामीले महसुस गरेका छौं हामीले चाहेर त्यसो नगरेको तर ठेकेदारको बेवास्ताको कारण हामीले छिटै अर्को ट्यांकी निर्माण कार्यलाइ अगाडि बढाउन नसकेको सत्य हो।

बि ब्लकको लागि बनाइको उक्त सेफ्टी ट्यांकी अस्थायी रुपमा बनाइएको हो तत्कालै निर्बाह होस भनेर तर स्थायी रुपमै ठेकेदारलाइ सेफ्टी ट्यांकी बनाउन भनेका छौं तर ठेकेदारले कामदारको अभाव देखाउंदै अहिले सुरु गरेका छैनन। हामिले यो सेफ्टी ट्यांकी भन्दा अलि पर अर्को ठूलो अस्थायी सेफ्टी ट्यांकी समेत बनाउन लागेका थियौ तर त्यहा डोजर लगाएर खाडल खन्ने क्रममा घर थर्किने र फेरि त्यहा पनि यस्तैगरी फोहोर हुन्छ भनेर स्थानियको अबरोध आएपछी बनाउन सकेनौं । यद्दपी हामीले त यतिसम्म भनेका छौं कि ठेकेदारलाइ यदि तपाइहरुले बनाउन नसक्ने हो भने हामी आफ्नै तबरले बनाउंछौ भनेका थियौं तर उहांले बनाउंछौ भन्नुभको छ सम्भवत अब केही महिनामा यो समस्या समाधान हुने छ।यसमा हुने लाखौं रकमले गर्दा नि हामिलाइ सकेसम्म छिटै ब्यबस्थित सेफ्टिट्यांकी बनाउने कुरामा कटिबद्ध छौं। हामिले रिपोर्टिङ गरेपछी भने १५ दिनसम्म ब्यबस्थापनमा ध्यान नदिएको अस्पतालले तुरुन्तै सेफ्टी ट्यांकी सफा गर्ने गाडी बोलाएर सफा गरेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !