खगेन्द्र विश्वकर्मा, ताराखोला २०७७ साउन ६ । ताराखोला गाउँपालिका ४ तारा स्थित नेपाल माध्यमिक विद्यालय तारा ४ अहिले थप चर्चामा छ । गत बर्षबाट पशु विज्ञान संचालनमा छ । त्यसै गरि यो वर्ष नमुना विद्यालयको प्रक्रियामा जाने स्वकृत भएको छ भने गत बर्ष स्वर्ण महोत्सव संचालन गरि पूर्व प्रधानमन्त्री ,नेकपा अध्यक्ष पुष्पकमल दाहालले संबोधन गरेएता विद्यालयमा राज्यले ध्यान पुर्याएको छ ।
यसै बर्ष आ,ई ,सि ,टिको काम धमाधम चलिरहेको, र भवनको भौतिक निर्माण पनि तिव्र गतिमा चलिरहेको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष दिवश खत्रीले बताए ।
यी सम्पूर्ण काम निवर्तमान प्रअ थम प्रसाद रोकाको कार्यकालमा सम्पन्न भएका हुन । नेपाल माविमा अध्यापन गरिरहेको क्रममा २०६८ सालमा स्रोत व्यक्ति भई स्रोत व्यक्तिको रुपमा र ताराखोला गापामा शिक्षा संयोजक भई काम गरेका थिए ।
यहि साउन ५ गते विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार उमानाथ अधिकारीलाई उच्च पदीय मार्यादाक्रम अनुसार प्रध्यानाध्यापकको पदमा साउन ६ गते देखि लागु हुनेगरी नियुक्ति गरिएको छ ।
19 Comments