Sorry, that menu does not exist.
 

आज मंगलबार मध्यरातिबाट लकडाउन हटाउने सरकारको निर्णय

बागलुङ २०७७ साउन ६ । कोरोना भाईरस संक्रमण नियन्त्रणका लागी सरकारले गत २०७६ साल चैत ११ गते देखि लगाएको लकडाउन आज मध्यराति १२ बजे देखी हटाउने भएको छ ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज मंगलबार राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिएका हुन् । प्रवक्ता खतिवडाले भने अब यो साउन महिनाभरिको अवस्था हेर्छौं। त्यसपछि भदौमा थप निर्णय लिन्छौं। प्रवक्ता डा. खतिवडाले कोभिड–१९ सम्बन्धी सुरक्षाका मापदण्ड अपनाई साउन १५ गतेदेखि होटल तथा रेष्टुराँ सञ्चालन गर्न दिने निर्णय गरेको जानकारी दिदै होटल तथा रेष्टुराँमा सभा सम्मेलन भने गर्न नपाइने बताए ।

यसैवीच सरकारले आगामी भदौ १ गते बाट अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत खोल्ने निर्णय गरेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !