Sorry, that menu does not exist.
 

बडीगाड गाउपालिका ७ मा ३८ औँ वीपी स्मृति दिवस सम्पन्न !

बागलुङ २०७७ साउन ६ । नेपाली कांग्रेसका संस्थापक नेता, नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली राजनीतिका शिखर पुरुष स्व वीपी कोइरालाको ३८ औं स्मृति दिवशको अवसरमा हार्दिक श्रद्धासुमन व्यक्त गर्दै नेपाली कांग्रेस बडीगाड गाउपालिका वडा नं ०७ द्वारा वृक्षारोपण तथा सरसफाई कार्यक्रम आयोजना गरी मनाईएको छ ।

कार्यक्रममा बडीगाड गाउपालिका ७का नेपाली काँग्रेस पार्टी अध्यक्ष कृष्ण गुरुङले वीपी कोइरालाले देखाएको लोकतान्त्रिक समावजादको बाटो अंगालेर विकास, न्याय र समानताको बाटोमा कांग्रेस सदैव क्रियाशील रहने बताएका थिए ।

कार्यक्रममा वडा कार्य समितिका सभापति एवं पदाधिकारिहरु, वडामा कृयाशिल भातृ तथा सुभेच्छुक संघ संस्थाका प्रमुख एवं पदाधिकारीहरु साथै कृयाशिल सदस्यहरुको समेत उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता वडा सभापति कृष्ण गुरुङको रहेको थियो भने मायाँ केसीको संचालन तथा दिपेन्द्र प्रताप केसीको स्वागत मन्तव्य रहेको थियो ।
कार्यक्रममा रानीदेवी मन्दिरको परिसर सरसफाई गरि वृक्षारोपण गर्दै महामानव विपीको तस्विरमा उपस्थित सबैले माल्याणपण गर्दै विपीको सम्झनामा १ मिनेट मौनधारण समेत गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !