सबिता खत्री (जिज्ञासु)
सुख सयल जिबन जिउन धन छैन के गरु ?
जता हेर्यो उजाड छ हराभरा बन छैन के गरु ?
कति सजिलै भन्छौ है तिमीले जाने भए जाउ
तर मलाई तिमी बिना बाच्ने मन छैन के गरु ?
***
जिन्दगीका यात्रामा अगि संगै सरेर त हेर।
तिम्रै नामको सिन्दुर सिउदोमा भरेर त हेर ।
कति माया गर्छु तर बिश्वास लाग्दैन तिमिलाई
एकपटक मनैदेखी म संग माया गरेर त हेर ।
***
हरेक गल्ती सहन सक्छु सरी नभन्नु है।
बर्खा लाग्यो खोला आफै तरी नभन्नु है।
मैले तिम्रो मन कहिल्यै दुखाउन चाहान्न
बिन्ती छ मलाई ठुला कुरा गरी नभन्नु है।
***
ताराखोला गाउँपालिका ३
बागलुङ
One Comment