रामकृष्ण कँडेल, गुल्मी २०७७ साउन ७ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्व पुष्पलालको ४२ औं स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मुसिकोट नगर कमिटीको निर्णयअनुसार आज मुसिकोट नगरपालिका वडा नम्बर ९ ददल्कामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।दान्सिङ र ददल्का गाउँको बिचमा बरपिपल रोपी स्वर्गीय पुष्पलालको सम्झना गरिएको हो ।बर र पिपल रूखहरू रोपिएको ठाउँ मा आकर्षक चौपारी निर्माण गर्ने पार्टीले जनाएको छ। आजको कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष नरेशराज खरेल,पार्टी वडा इन्चार्ज रामकृष्ण कडेल,पार्टी वडा कमिटी अध्यक्ष खड्कबहादुर खत्री,वडा पार्टी सचिव रामबहादुर गुरुङ, महा शर्मा उपाध्याय,ददल्का माविका प्रधानाध्यापक बुद्धिमणि खरेल,खिमानन्द चालिसे,इन्द्रमणि उपाध्याय,शान्ता परियार,बाबुराम खरेल,खगकान्त खरेल,रामु सुवेदी, कृष्ण खरेल लगायतको विशेष उपस्थिति रहेको थियो
वृक्षरोपण पश्चात आयोजित मन्तव्यको क्रममा इन्चार्ज रामकृष्ण कडेल ,वडाध्यक्ष नरेशराज खरेल,वडा कमिटी अध्यक्ष खड्गबहादुर खत्री लगायतले स्व पुष्पलालको भूमिकाको बारेमा प्रकाश पारेका थिए। सबै वक्ताहरुले स्वर्गीय पुष्पलाल को योगदान नेपालको कम्युनिष्ट आन्दोलनमा स्मरणीय रहने भन्दै उहाँले देखाएको बाटोमा देशका सबै कम्युनिष्टहरु संगठित भएर अगाडी बढ्नको लागि प्रेरणाको स्रोत रहेको बताए। जनताले लामो समयपछि नेपाल कम्युनिष्ट पार्टीलाई स्थानीय सरकारदेखि केन्द्रीय सरकार सम्म झण्डै दुई तिहाइ मत दिएर पठाइरहेको परिपेक्ष्यमा जनताका कामहरुलाई जनतालाई फाइदा पुग्ने हिसाबले गर्दै पार्टीलाई थप संगठित बनाउनको लागि मुसिकोट नगरपालिका वडा नम्बर ९ मा सबै पार्टी नेता कार्यकर्ताहरु जनताको दुःखसुख संग नजिक रहने प्रतिबद्धता समेत कार्यक्रममा वक्ताहरुले व्यक्त गरेका थिए ।
कार्यक्रमका सबै वक्ताहरुले अध्यक्ष नरेश खरेल समक्ष बाढीपहिरोका पीडितहरू लाई यथासक्य छिटो राहतका कार्यक्रमहरु वडा मार्फत वडा भित्र पुर्याउनको लागि आग्रह गरे ।
यसैगरी आजै मुसीकोट नगरपालिकाका सबै वडाहरुमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको सक्रियतामा वृक्षारोपण तथा प्रवचन कार्यक्रमहरु आयोजना गरिएको बताइएको छ । बिहानैदेखि नेकपाका कार्यकर्ताहरु हातमा बरपिपल श्रेणीका विरुवाहरु लिएर निर्धारित स्थानहरुमा वृक्षारोपण तथा चौपारी निर्माणकार्यमा साँझसम्म व्यस्त रहेको देखिन्थ्यो सबै वडाहरुमा वृक्षारोपण पश्चात सबै नेता तथा कार्यकर्ताहरुले स्वर्गीय पुष्पलालले देखाएको बाटोमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।