Sorry, that menu does not exist.
 

किन यस्तो गल्ती दोहोरिरहन्छ, धौलागिरी अस्पतालमा ?
बागलुङबाट पोखरा पठाईएकी महिलाले बेनी अस्पतालमा पुगेर शल्यक्रिया व्दारा बच्चा जन्माईन !

रामप्रसाद घिमिरे, बागलुङ २०७७ साउन ७ । धौलागिरी अस्पतालमा प्रसव व्यथा लागेर आएकी महिलालाई यहाँ सम्भव नभएको भनी पोखरा रिफर गरिएकोमा पर्वत कुस्मा नगरपालिकाक १ नयाँ पुलमा ढुंगा खसेर पोखरा बागलुङ राजमार्ग अवरुद्ध भएका कारण म्याग्दी सदरमुकाम स्थित बेनी अस्पतलमा पुयाएर शल्यक्रिया गरी डेलिभरी गराईएको छ ।

गत साउन ५ गते राति १२ बजेको समयमा बागलुङ नगरपालिका ८ सिगानाकी आरती मल्ललाई प्रसुती व्यथा लागेर धौलागिरी अस्पताल ल्यएकोमा त्याहाँ हुन्न पोखरा जाउ भनेर बिना रिफरको कागत पोखरा पठाईएको सुत्केरीकी अमाजु शरदा शाहीले ईबागलुङलाई बताईन् ।
सुत्केरीकी अमाजू शरदा शाही संग सहकर्मी रामप्रसाद घिमिरेले गरेको कुराकानी

सुविधा सम्पन्न धौलागिरी अस्पताल भनिएपनि प्रसुती केसहरुमा यस अघिपनि यस्ता गल्तीहरु हुने गरेको स्थानीयले बताएका छन् । कुनैपनि केसलाई गम्भीरता पूर्वक नलिने र सकभर अलि अप्ठ्यारो प-यो कि रिफर गर्ने प्रबृतिले धौलागिरी अस्पताल पीडित रहेको गुनासो धेरै पुरानो हो । पहिले पनि एक जना प्रसुती व्यथा लागेकी महिलालाई पोखरा नपुगी बीचबाटै फर्काएर बेनी लगेर शल्यक्रिया गरी बच्चा जन्माईएको थियो ।

यतिबेला सबैले बेनी अस्पतालका चिकित्सक डा सागर लाभिछाने एवं स्वास्थ्यकर्मीको प्रशंसा गरिरहेका छन् भने साउन ५ गते राति धौलागिरी अस्पतालको प्रसुती कक्षमा कसको ड्यूटी थियो त्यो छानविन गरी प्रसुती व्यथा लागेर आएकी एक महिलालाई आवश्यक सेवा नदिएर ठाठाडै पोखरा जाउ भनेर पठाउने माथी कार्बाही हुनुपर्ने आवाज उठेको छ ।
डा सागर लामिछाने संग सहकर्मी रामप्रसाद घिमिरेले गरेको कुराकानी

वेनी अस्पतालबाट प्राप्त जानकारी अनुसार प्रसव पीडाले छटपटिएकी महिला साउन ६ गते विहान २.30 बजेको समयमा बेनी अस्पताल आईपुगेकी र त्यस्को केहि समय पछी ३ बजेर ८ मिनेट जाँदा शिशु छोरा जन्मिएको थियो । अहिले आमा छोरा दुबैको स्वास्थ्य सामान्य रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

42 Comments