केशवराज क्षत्री, हुग्दिशिर २०७७ साउन ८ । लगातार परेको वर्षाका कारण बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर भेडिखोरमा भीषण पहिरो गएको छ ।
पहिरोले खानेपानीको पाईप बगाइदिएपछि स्थानीय १३ घरपरिवारलाई खानेपानीको समस्या परेको छ । त्यस्तै पहिरोका कारण पौडेल समाजले पुज्दै आएको कुल मन्दिर बगाउनुका साथै खेतीयोग्य जमिन मासिएको स्थानीयले बताएका छन् ।
करिब सय मिटर माथिबाट पहिरो गएको पानी परिराखेकाले अझ बढी जोखिम बढेको छ । हिडडुल गर्नको लागि बाटो अवरुद्ध भएको र हालसम्म घरगोठ साथै मानवीय क्षति नभएको खवर प्राप्त भएको छ । स्थानीय निकायमा खबर गरेपछि पहिरो अवलोकन र क्षतिको विवरण संकलन र जोखिम नियन्त्रणका लागि पहिरो गएको स्थानमा टोली पुगेसकेको छ ।