लक्ष्मण बिश्वकर्मा, फलेबास, २०७७ साउन ८ । मुक्तिनाथ बिकास बैंक लिमिटेड कार्कीनेटा, पर्वत शाखाले ग्राहकको कार्जा मिनाहा तथा काजक्रिया वापतको भुक्तानी रकम वितरण गरेको छ ।
कार्कीनेटा, पर्वत शाखाको साना तथा लघुवैकिङ्क सेवामा ग्राहक रहि कारोबार गरिरहनु भएकी ग्राहक फलेबास नगरपालिका वडा नं. १ पर्वत निबासी तुलसी सुनार मृत्यु भएपछि उनको घरमा पुगेर सोक समारोह आयोजना गरि बुधवार रकम हस्तान्तरण गरेको हो ।
धन भएकी सुनारले मुक्तिनाथ बिकास बैंकमा २०६८÷११÷१७ गते देखि वचत तथा कर्जा कारोवार गर्दै आउनुभएको र हाल २०७६÷०७÷०४ गते मुक्तिनाथ बिकास बैंकबाट ५० हजार कर्जा लिएका थिए । उनको ६७ बर्षको उमेरमा २०७७ असार २९ गते मृत्यु भएको थियो । मुत्यु भएको सातौ दिनमा निजको हकवाला श्रीमान शोभाखर सुनारलाई मुक्तिनाथ बिकास बैंकले काज क्रिया वापतको रु ५ हजार प्रदान डेस्क प्रमुख सागर रिजालले जानकारी दिए ।
साथै तिर्न बाँकी रहेको कर्जा (साँवा तथा व्याज) रु १७ हजार ६ सय ५१ मिनाह र तिरीसकेको ३६ हजार ५ सय ५२ रुपैया .६ पैसा सदस्यको आफन्तलाई फिर्ता गरि एकमुष्ट ५९ हजार २ सय ३ रुपैया ६ पैस पीडित परीवारलाई वितरण गरिएको रिजालले बताए ।
उक्त कार्यक्रममा मुक्तिनाथ बिकास बैंक लिमिटेड शाखा कार्यालय कार्कीनेटाका शाखा प्रमुख स्याम वहादुर कुवँर र फलेवास नगरपालीका वाड नं १ की वाडा सदस्य चन्द्रकला सुनार द्धारा संयुक्त रुपमा हस्तान्तरण भएको कार्यक्रममा मुक्तिनाथ बिकास बैंक लिमिटेड साना तथा लघुवैकीङ्क डेस्क प्रमुख सागर रिजाल, कर्मचारी ख्याम वहादुर क्षेत्रिको साथै फलेबास नगरफपालिका वडा नं. १ का जनप्रतिनीधिहरु, शिक्षक लगायत करिब ३५ जना भन्दा बढि स्थानियको उपस्थिती रहेको थियो ।
कार्यक्रममा साना तथा लघुवैकीङ्क डेस्क प्रमुख सागर रिजालले मुक्तिनाथ बिकास बैंकले वैकीङ्क करोवार मात्र नभएर सामाजीक उत्तरदायीत्वमा समेत अग्रपंत्तीमा रहेकोले मुक्तिनाथ विकास वैक संगको कारोवारको फाइदा बताउदै स्थानियहरुलाइ समेत मुत्तिनाथ विकास वैक संग कारोवार गर्नको लागी आग्रह गरेका थिए ।