रामप्रसाद घिमिरे, बागलुङ २०७७ साउन ९ । बागलुङ जिल्लामा ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक कार्यक्रम गाउँगाउँमा संचालन भएपछि दुर्घटनामा कमि आएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
आर्थिक बर्ष २०७५/०७६ मा २५ वटा सवारी दुर्घटना भएका थिए भने आर्थिक बर्ष २०७६/०७७ मा १७ वटा सवारी दुर्घटना भएका थिए । आर्थिक बर्ष २०७६/७७ सानो ठूला गरि १७ वटा सवारीसाधन दुर्घटना हुदा २४ जनाको मृत्यु भएको छ भने दुर्घटनामा ४८ जना घाइते भए जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख शिव पाठकले बताए ।
ग्रामिण क्षेत्रमा चल्ले सवारी साधनमा यात्रु क्षेमता भन्दा तेव्वर वोक्ने गरेको कारण सवारी दुर्घटनावाट यात्रुले ज्यान गुमाउने गरेका छन् । विवाह, पुजा मेला महोत्सवमा क्षमता भन्दा वढी यात्रु वोक्ने गरेको कारण वर्षेनी नागरिकले ज्यान गुमाउने गरेका हुन । गाउँमा जनचेता अभिवृद्धि भएसंगै सवारी दुर्घटना घटेको ट्राफिक प्रहरी कार्यलय बागलुङको दावी छ ।
ट्रफिक प्रहरी कार्यलयले गत आर्थिक वर्षमा १८ वटा विद्यालयका १ हजार १ सय ६१ जना विद्यार्थी , १ सय १० जना नया सवारी चालक र जिल्लाका विभिन्न स्थानमा १ हजार ५ सय ५१ जना यातायात व्यवसायी र सर्वसाधारण गरी २ हजार ८ सय ७० जनालाई जनचेतना मुलक कार्यक्रम गरिएको जनाएको छ ।
जिल्लामा ट्राफिक सचेतना प्रभावकारी वन्दै गएपछी यस वर्ष सचेतना मुलक कार्यक्रम अझै प्रभावकारी वनाउने योजनारहेको ट्राफिक प्रमुख पाठकले ईबागलुङलाई वताए ।
कोरोना भाईरस कोभिड १९ को कारण वन्दावन्दी भएपछी आर्थिक बर्ष २०७६/०७७ मा राजश्व संकलनमा कमी आएको छ । आर्थिक बर्ष २०७५/०७६ मा ९ हजार ४ सय ४५ सवारी कारवाही बाट रु ५७ लाख १५ हजार शंकलन भएकोमा आर्थिक बर्ष २०७६र०७७ मा ८ हजार ८ सय सवारीमाथी गरिएको कारवाही बाट ५२ लाख १५ हजार राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यलयलयको सक्रियता र जनचेतना मुलक कार्यक्रममले जिल्लामा सवारी दुर्घटना हुने क्रम घट्नुलाई जिल्ला वासीले सकारात्मक रुपमा लिएका छन् ।
सडक दुर्घटना हुने प्रमुख कारणहरुमा सडकको अवस्था, सवारी साधनको अवस्था र सवारी चालकको अवस्थालाई लिइने गरिन्छ । अन्य कारणहरुमा बाटो काट्ने बटुवा, जनावरहरु र सवारी साधनमा यात्रा गर्ने यात्रु पनि दुर्घटनाको कारण बन्ने गरेको पाइन्छ । सवारी दुर्घटना कम गर्न सरकार, निजी क्षेत्र तथा आम जनताको साथ र सहयोग आवश्यक पर्छ ।
One Comment