Sorry, that menu does not exist.
 

कालीगण्डकी दोहन : जहाँ सांसद हैरान छन्, जहाँ जिसस/प्रशासन मौन छ, त्यहाँ एक्लो राम कराएर के हुन्छ ?

रामप्रसाद घिमिरे/सोम शर्मा, पर्वत २०७७ साउन ९ । त्यसो त कालीगण्डकी दोहनको विषयलाई लिएर सामाजिक सन्जाल भरिएका हुन्छन्, सामाजिक अभियन्ताहरु चिच्याईरहेका छन्, आम सर्वसाधारण गैह्रकानूनी धन्धा तत्काल रोकियोस भनेर कराईरहेका छन् तर कौवा कराउदै छ पिना सुक्दै छ भने झैँ जति बिरोध गरेपनि कालीगण्डकी नदीको अवैध दोहन रोकिएन । एक्लो बृहस्पति झुठा भनेझैँ बागलुङका एक जना राम शर्मा कराएर मात्र कालीगण्डकीको अवैध उत्खनन रोकिएन भने अब आम नागरिक यसको बिरोधमा उत्रनु प-यो । सामाजिक अभियन्ता शर्माको जायज मागलाई साथ दिन बाहिर निस्कनु पर्छ ।

कानुनी प्रकृया र मापदण्ड पूरा नगरी जथाभावी प्राकृतिक स्रोतसाधनको उत्खनन् र विक्री वितरण गर्दै आएका छन् । जहाँ सांसद ‘…सम्बन्धित जिल्लाका प्रहरी प्रमुख सित कुरा गरे सुनुवाइ पटक्कै भएको छैन । कानुनको पालना गराउने निकायको लाचारीपन प्रति हैरानी छु…’ भन्छन, जहाँ अवैध उत्खनन गर्नेहरुलाई कार्बाही गर्न खोज्ने प्रमुख जिल्ला अधिकारीको २४ घण्टा भित्रै सरुवा हुन्छ, जहाँ जिसस निरीह रुपमा उपस्थित छ त्यहाँ कानूनको मर्यादा कसरी रहन्छ ? यसलाई गणतन्त्रको उपहास भन्ने कि उपहार ?

सामाजिक अभियन्ता अधिवक्ता राम शर्मा

यहि २०७७ साउन १ गते कालीगण्डकी दोहन रोकिएन शीर्षकमा ईबागलुङले एक समाचार सम्प्रेषण ग-यो । अहिले विभिन्न सन्चार माध्यमहरुमा यस विषयले प्रवेश पाएको छ । ईबागलुङसंगको कुराकानीमा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले, अबैध रुपमा उत्खनन् गर्दै गरेको अबस्थामा ग १ त ३७५६ ट्याक्टर ,बा २ क ९२९९ र ग १ ख ३५६१ को जेसिभी, ग १ ख ४६४१ र ग १ ख ८०७६ को टिप्परलाई कारबाही गरिएको र यसमा सम्बन्धित निकायले समेत ध्यान पुयाएमा यस किसिमको दोहन रोक्न सहज बताएका थिए ।
यो लिंक पनि पढौं
कालीगण्डकी दोहन रोकिएन !

कसैले त्यसरी दोहन गरेको देख्नासाथ खबर गरिहालेमा तत्कालै प्रहरी टोली गएर सम्बन्धित सबारी साधन र ड्राइभरलाइ पक्राउ गरेर ल्याउंछौं उनको भनाई थियो । उनले भनेका थिए कसैले खबर गर्दा बित्तिकै यहांबाट गाडी त जान्छ त्यसैले अरुले सतर्क बनाउछन होला तर यसमा प्रहरीको संलग्नता छैन।

यसै सन्दर्भमा हामीले पर्वत जिल्ला समन्वय समितिका प्रमुख मोनहर बि पौडेलसंग कुरागरेका थियौँ उनले भनेका थिए, ‘मलाइ स्थानिय जनप्रनिधी र कथित समाजसेवीको समेत हात रहेको झैं लाग्छ त्यसैले पनि यो जालो ठूलो छ, त्यसरी नदी दोहन गर्नेलाइ कानुनी कारबाही गरेकै छौ, पहिलो पटकमा कसैले त्यसरी दोहन गर्छ भने उनिहरुलाइ जेसिभिलाइ २५०००,टिप्परलाइ १५००० र ट्याक्टरलाइ ५००० को दरले जरिवाना गरेका छौं दोस्रोपटक त्यही काम दोहोर्याएमा उनिहरुलाइ डबल जरिवाना गरिने प्राबधान छ। यो बिषयमा हामिभन्दा नि अझै स्थानिय निकाय गम्भीर रुपमा प्रस्तुत हुनुपर्ने पौडेलको भनाइ थियो।

त्यस्को केहि दिन पछी, कालीगण्डकीको अवैध उत्खनन रोक्न सक्रिय रहेका अभियन्ता राम शर्माको फेसबुक वालमा कालीगण्डकी गैरकानूनी रुपमा दोहन गर्ने ५ जना पक्राउ ….भन्ने एक स्टाटस आयो । तत्कालै हामीले सरोकारवाला निकायहरुमा सम्पर्क गर्दा पक्राउ गरेको कुनै जानकारी नभएको जवाफ आयो । प्रत्यक्षदर्शीहरुले मोबाईलमा कुरा गरेझैँ त्यहाँ (जलजला खनियाघाट भुतेदह मुनीको) भिडियो खिचे । बागलुङ प्रहरी र स्थानीय अभियन्ताहरुका आँखाले देखेको कुरा अन्तत: पक्राउ नभै सवारी साधनहरुको चाबीमात्र लिएको भन्नेमा रुपान्तरित हुन पुग्यो ।

हामीले हप्तावारी बुझाउनु पर्छ … एक डोजरले १ लाख बुझाउनु पर्छ….स्वयं डोजर चालकले बताउने गरेको चर्चा छ । जनताले अवैधरुपमा कालीगण्डकी दोहन गर्नेलाई प्रहरीले पक्राउ गरेको देख्ने, उता प्रहरीले पक्राउ गरेको कुनै जानकारी छैन भन्ने जवाफ दिनु नै रहस्यमय छ ।

कालीगण्डकीबाट स्काभेटर प्रयोग गरी जथाभावी उत्खनन गरेको विरोध गर्दा क्रसर उद्योग सन्चालकहरुबाट धम्की आउने गरेको स्थानीय बताउँछन् । गत २०७६ साल फागुन २८ गते नेकपा बागलुङका नेता कृष्ण पाठकले कालीगण्डकी दोहन भएको विषयलाई जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक समक्ष उठाउदा आफुलाई धम्की आएको ईबागलुङलाई बताएका थिए । यस अवस्थामा आम सर्वसाधारणले यस प्रशंगलाई कोट्टाउने हिम्मत कहाँबाट ल्याउने ?
यो लिंक पनि पढौं
कालीगण्डकी नदीको अवैध उत्खनन रोक्न अनुरोध गर्दा उल्टै धम्की ?

बागलुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद डा सूर्य पाठकले आफ्नो फेसबुकमा हैरानी व्यक्त गरेका छन्:

गण्डकी प्रदेशबाट जारी भएको ढुंगा गिट्टी, बालुवा, संकलन तथा प्रशोधन सम्वन्धी कार्यविधी कार्यान्वयन सम्वन्धि सूचनाको दफा ६ को उपदफा ५ मा असार १ देखी भदौ महिनाको १५ गते सम्म ढुंगा, गिट्टी, बालुवा उत्खनन् निषेध गरिएको छ । यति मात्र पनि होईन, कार्यविधीमा सूर्यास्त देखी सूर्योदय नभएसम्म उत्खनन गर्न नपाईने स्पष्ट उल्लेख छ, तर कालीगण्डकी किनारमा दिनमा भन्दा रातभर अवैध उत्खनन कार्य जारी रहन्छ, कालीगण्डकी नै आफ्नै बाबुको दर्ताको झैँ ।

आज पनि हामीले प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीसंग कालीगण्डकीको अवैध उत्खननका बारेमा कुराकानी गरेका छौँ, प्रहरी उपरीक्षक अधिकारीले कालीगण्डकीको अवैध उत्खनन नियन्त्रण गर्न प्रहरी लागेको बताउदै हिँजो राति देखी प्रहरी विशेष रुपमा सक्रिय रहेको जानकारी दिएका छन् ।

कालीगण्डकीको अवैध उत्खननलाई लिएर जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेमबहादुर केसीसंग कुराकानी गरेका छौँ ।

जब कानूनमै वर्षातको बेला नदीनाला उत्खनन गर्न नपाईने उल्लेख छ भने किन यस्तो गैह्रकानूनी काम खुलेआम भैरहेको छ ? किन सरोकारवाला निकायहरु गम्भीर हुँदैनन ?

सम्वन्धित लिंकहरु

कालीगण्डकीको चौतर्फी दोहन जारी, प्रदुषित बन्दै पवित्र जल, गिट्टीमा परिणत हुँदै शालिग्राम !

कालीगण्डकी र मोदी नदी दोहन गर्ने २ ट्याक्टरलाई रु. १५/१५ हजार जरीवाना !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment