राम प्रसाद घिमिरे बागलुङ २०७७ साउन ९ । बागलुङ नगरपालिका भित्र सडक बिस्तारको नाममा विस्थापित हुन पुगेका ७२ बर्षिय अपाङ्ग कृष्ण सार्कीलाई सहयोग जुट्न थालेको छ।
बागलुङ नगरपालिका भित्र रिङ रोड बनाउने योजना अनुसार बागलुङ नगरपालिका वडा नम्बर ३ रात्माटा भलायटाकुराका अपांग कृष्ण सार्कीको परिवारलाई बिहान बेलुका खान समेत समस्या भएको विभिन्न सन्चारमाध्यमहरुमा समााचार प्रकाशन भएपछि कृष्ण प्रणामी समाजका भोला दाहालबाट खाध्यान्न सहयोग गरेको हो ।
शुक्रवार एभिन्युज खबर सम्वाददाता राजेशचन्द्र राजभण्डारीले दलित अपांग सार्कीको घरमै पुगेर २५ केजी चामल ,२ केजी दाल ,१ लिटर तोरीको तेल ,१ पाकेट नुन ,१ पाकेट,सोयाबिन हस्तान्तरण गरेका छन् ।
राहतले आफुहरुको दुखमा मलम लगाउने काम भएको भन्दै सार्की दम्पतीले ईबागलुुङसंग खुसी व्यक्त गरे । राज्य संयन्त्र कमजोर भएकोले वाढी पहिरोवाट प्रभावित भएका नगरका नागरिकले राहत पाउन सकेका छैनन । एभिन्यूज टेलिभिजनले जनतालाई सुचना प्रवाहका साथै जनतालाई सुसूचित गराउने कार्य संगै जनता प्रति उत्तरदायी वनेको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले बताए । अपांग कृष्ण सार्कीको परिवारलाई बिहान बेलुका खान समेत समस्या भएको खवर प्रशारण भएपछि बागलुङ वजारका व्यवसायी विनोद श्रेष्ठले शुक्रवार आटा, नुन तेल ,केराउ दाल लगाएतका खाद्यान्न सहयोग गरेका छन् ।
बागलुङ नगरपालिकामा घर जोखिममा परेका जानकारी गराएकोमा मौखिक आश्वासन आएपनी सहयोग नपाएको सार्कीका छोरा वल वहादुर सार्कीले बताए । डोजरे बिकास कै कारण मध्य बर्षातमा घर बार बिहिन हुन पुगेका अपांग सार्कीलाई बागलुङ नगरपालिकाले राहतको नाममा अहिलेसम्म १ वटा ५ मिटरको प्लास्टिक मात्रै दिएको छ ।
2 Comments