Sorry, that menu does not exist.
 

पहिरोमा बेपत्ता चालकको खोजी जारी : विना अनुमति राति राति निर्माण सामाग्री उत्खनन गर्दा घट्यो यस्तो घटना !

रामप्रसाद घिमिरे, बागलुङ २०७७ साउन ११ । गए राति ८ बजेको समयमा निरय घाट नजिकै एक्कासी खसेको सुख्खा पहिरोमा परी बेपत्ता भएका दुईजना चालकहरुको खोजी कार्य जारी छ । पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बेपत्ता भएका छन्।

हिँजो राति सुख्खा पहिरो खस्नेक्रम नरोकिएकोले उद्धारकार्यमा कठिनाई उत्पन्न भएपनि जेनरेटर बालेर उद्धार कार्य गरिएको प्रहरीले जनाएको छ । सुख्खा पहिरोका कारण रातको समयमा नजिकमा जान सक्ने अवस्था नरहेकोले उद्धारमा कठिनाई भएको हो । अहिले घटना स्थलमा नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी स्थानीयहरु उद्धारमा जुटेको अवस्था छ ।

बागलुङ नगरपालिका वडा नं १ निरय स्थित रामरेखा सामुदायिक वन क्षेत्रमा, सडक ग्रभेल गर्ने रोडा निकाल्दै गरेको अवस्थामा सुख्खा पहिरो खसेर चालकहरु र साधानहरु पुरिएको हो । सुख्खा पहिरो कालीगण्डकी नदी सम्म खसेको छ ।
राति ८ बजे निरय घाट नजिकै पहिरोमा परी ट्रिपर र ट्याक्टर चालक बेपत्ता !
पोखरा बागलुङ राजमार्ग अन्तर्गत बागलुङ नगरपालिका-१ बाङ्गेचौरमा सडक स्तरवृद्धिको लागी ग्रवेल गर्ने सामाग्रि निकाल्न रामरेखा सामुदायिक वन क्षेत्रमा रातको समयमा गएको समयमा पहिरो गएर सो घटना हुन गएको हो । बागलुङ नगरपालिका वडा नं १ वा रामरेखा सामुदायिक वनको अनुमती विना नै ग्राबल सामाग्राी लिन गएका बेला सो घटना घटेको स्थानीयको भनाई छ ।

पहिरोमा पुरिएको नम्बर नखुलेको एक स्काभेटर बिमलेश आचार्य र ध १ त ४०७ नम्बरको एक ट्याक्टर र ध १ख ४६३७ नम्बर एक ट्रिपर हरि घिमिरेको रहेको बुझिएको छ । स्काभेटर चालक राजु माझी पहिरो खसेपछी भाग्ने क्रममा घाईते अवस्थामा फेला परेको र अन्य दुई जना सम्पर्क विहिन भएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले ईबागलुङलाई वताए ।

जनप्रतिनिधीहरु, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने प्रहरी उपरीक्षक शारदा चौधरी लगायतको टोलीले घटनास्थलको अवलोकन गरेर फर्किएको छ ।

हिँजो राति सुख्खा पहिरो गएको केहि समय मै सहकर्मी रामप्रसाद घिमिरेले पहिरो स्थलमा उद्धारमा रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेमबहादुर केसीसंग गरेको कुराकानी :

अपडेट : ०९.४० बजे
भरखर पहिरोमा पुरिएका चालक रोशन नेपालीको शव क्षतविक्षेत अवस्थामा फेला परेको छ । शवको प्रकृति हेर्दा भाग्दा भाग्दै गरेको अवस्थामा नेपालीलाई पहिरोले पुरेको अनुमान गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

7 Comments