सोम शर्मा, बागलुङ २०७७ साउन ११ । बागलुङ नगरपालिका वडा नंबर १ स्थित पोखरा बागलुङ सडक खण्डको बांगेचौर घुम्तिमा पर्वतबाट आएको बिद्युत हाइटेन्सन लाइन जोडेको पोल जीर्ण बनेको छ। सो ठाउँमा सडक डिभिजनको टेण्डरमा बिमलेश आचार्यले ठेक्का पाएर उक्त सडक खण्ड पिच गर्ने क्रममा उक्त जिर्ण पोल भेटिएको हो । माटो मुनिको पुरै भाग खिया लागेर जीणै बनेर कुनैपनि ढल्ने अवस्थामा छ। पोखरा बागलुङ राजमार्गकाृ मुख्य सडकमा पर्ने उक्त हाइटेन्सन लाइनको पोल खिया लागेर जीण बनेकोले सो सडकमा हिंड्ने हरेक सबारी साधन जोखिममा यात्रा गर्न बाध्य छन। उक्त बिद्युत पोलका विषयमा नेपाल बिध्युत प्राधिकरण, बागलुङमा फोन गरेर जानकारी दिएपनी खासै चासो नदिएको स्थानिय अभियन्ता बिदुर शर्माले ईबागलुङलाई बताए ।
सडक पिच गर्नु अगावै उक्त पोलको व्यवस्थावन गरिएमा पछि पिच उक्काउन पनि पर्दैन नत्र यो पोलले सडकमा हिंड्ने यात्रु र सबारीलाइ जोखिम त छंदै छ अर्कोतर्फ यसरी पिच भएको सडकमा फेरि खाल्डो खन्दा अहिलेको काम ब्यर्थ हुने समस्या छ। जिल्लास्थित विभिन्न ठाउँमा यस्ता पोलहरु धेरै नै छन तैपनी बिद्युत कार्यालयले यस्तो जोखिम पोल परिवर्तन गर्ने तर्फ खासै चासो दिएको देखिदैंन ।
यसै सन्दर्भमा हामीले बिध्युत बितरण शाखा बागलुङका प्रमुख शिव नारायण गोसाली संग जिज्ञासा राख्दा उक्त स्थानमा के भएको रहेछ हेर्न पठाउने बताए।
प्राधिकरणको शाखा कार्यालय नजिकै रहेको पोखरा बागलुङ राजमार्ग जस्तो चल्तीको सडकमा रहेको बिद्युत पोल खिया लागेर ढल्न लागेको नदेख्ने वितरण केन्द्रका प्रमुखको आँखाको जालो कस्ले फाल्ने ?नगरवासीले टिप्पणी गरिरहेका छन् ।