Sorry, that menu does not exist.
 

अधिकारीचौरका अधिकाँश कृषक व्यवसायिक तरकारी खेतिमा आकर्षित !

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ साउन ११ । ढोरपाटन नगरपालिका वडा नं. ५ अधिकारीचौर नाथुरीका कृषक कृषि व्यवसायमा आत्मनिर्भर बन्दै गएका छन् । गाउँका अधिकाँश कृषकहरुले पाखो
बारीमा रैथाने मकै कोदो बालिलाई कम गर्दे व्यवसायिक रुपमा बन्दा, टमाटर, काँक्रा लगाएतका मौसमी र बेमौसमी तरकारी , फलफुल खेति तर्फ कृषकहरु आर्कषित भएका हुन् ।

बुर्तिबाङ बजारमा आर्गनिक लोकल तरकारी फलफुलको माग बद्दै जाँनु र कोभिड १९ ले पारेको प्रभाबका कारण बुटवल बाट समेत सहज रुपमा तरकारी फलफुल बुर्तिबाङ भित्रिन छाडेपछि स्थानिय कृषकले उत्पादन गरेको कृषि उपजले बजार पाएको हो ।

नाथुरी गाँउका ७० जना कृषकहरु व्यवसायिक रुपमा तरकारी फफुल खेतितर्फ आर्कषित भएका छन् । उनिहरु मध्ये अधिकाँसको बारीमा टनेल निर्माण गरीएको छ । गाउँमा १ सय २० वटा टनेलमा उनिहरुले बढि मात्रामा टमाटर खेति, काँक्रा, बन्दा, घिरौँला, तितेकरेला, सिम्ला, बदि लगाएतका तरकारी उत्पादन गर्ने गरेका हुन् ।

कृषकहरुले उत्पादन गरेको फलफुल तरकारीले सहज रुपमा बजारीकरण गर्नका निम्तीे कृष्ण कँडेलको अध्यक्षतामा कृर्षि समिती गठन गरेर कृषकको उत्पादन एकिकृत रुपमा उत्पादित बस्तु बजारीकरण गर्ने गरीएको स्थानिय कृषक चन्द्रकुमार गौतमले बताए ।

गाउँमा उत्पादित बस्तु दैनिक बुर्तिबाङ बजारमा सँकलन गरी राख्ने र एकै स्थानबाट बुर्तिबाङ बजार सहित जिल्लाको गल्कोट हटिया, खर्वाङ, गुल्मीको वामी, इन्द्रेगैँडा, लगाएतका स्थानमा बजारीकरण गर्ने गरीएको कृषकहरुले बताएका छन् ।

उत्पादित बस्तु बुर्तिबाङ बजारमा मात्र खपत नभएपछि आफुहरुले बाहिरी क्षेत्रमा समेत पुर्याउने गरीएको गौतमको भनाई छ । कतिपय कृषकहरुले फार्म दर्ता गरेर व्यवसाहिक रुपमा अगाडी बढेका छन् । कोहि कृषक भने सहकारी मार्फत अगाडी बढेका छन् । उनिहरुले व्यवसाहिक रुपमा गाई भैँसी पालेर दुध समेत विक्री गर्ने गरेका हुन् । कृषकहरुले उत्पादन गरेको कृर्षि उपजबाट प्रति घर कम्तिमा पनी मासिक १५ हजार रुपैयाँ सम्म आम्दानी गर्दै आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !