छविलाल पाण्डे, बुर्तिवाङ २०७७ साउन ११ । बडीगाड गाउँपालिका २ खर्वाङ स्थित दगातुङडाँडा स्वास्थ्य चौकीमा प्रसुती प्रतिक्षा कक्ष स्थापना गरिएको छ । ग्रामिण स्वस्थ्य सुधार परियोजना फेयरमेड र विवाइसी बागलुङको सहयोगमा प्रसुती प्रतिक्षा घर स्थापना गरिएको हो ।
ग्रामिण क्षेत्रका महिलाहरुले सहज रुपमा प्रसुती सेवा पाउन नसकिरहेको सन्दर्भमा गर्भवती महिलालाई प्रसुतीमा सहजता होस भन्ने उद्देश्यले प्रसुती कक्षको स्थापना गरिएको फेयर मेड फाउन्डेशनका प्रमुख गणेश वरुवालले बताए । उक्त कक्ष निर्माण सँगै ग्रामिण क्षेत्रबाट प्रसुती हुनुभन्दा केहि पहिले देखिनै गर्भवती महिला उक्त कक्षमा बस्न सक्नेछन् । जसमा खाना पकाउने, सुत्ने कक्षको व्यवस्थापन गरिएको छ । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बस्नुपर्ने र आराम गर्नमा समेत सहज हुने भएका कारण फेयर मेड र वीवाईसी बागलुङले गरेको महत्वपूर्ण कामको गाउँपालिका अध्यक्ष मेहरसिँह पाईजाले प्रशंसा गरे । नेपाल सरकारले लिएको अभियान आफनो पालिकाको एक स्वास्थ्य केन्द्रमा समयमै सुचारु गरिएका कारण गर्भवती महिलालाई सहज हुने बताए ।
कार्यक्रममा वडा नं.२ का अध्यक्ष ढालप्रसाद शेरचनको अध्यक्षता, गाउँपालिका अध्यक्ष पाइजाको प्रमुख आतिथ्यता, फेयरमेड फाउन्डेशनका प्रमुख वरुवाल लगाएतको आतिथ्यता रहेका कार्यक्रम खर्वाङ
प्रसुती केन्द्रका अहेब रविन्द्र सिँहको स्वागत, दगातुङ डाँडा स्वास्थ्य चौकीका प्रमुख हेम पुनको सञ्चालमा सम्पन्न भएको थियो ।
त्यसैगरी ढोरपाटन नगरपालिका ७ बोबाङमा नवजात शिशु स्याहारका लागि न्यु वर्न कर्नर मेशिन स्थापना गरिएको छ । बच्चा जन्मदा वित्तिकै उसलाई उचित तापक्रम दिने र बच्चालाई चिसोबाट हुने सँक्रमणबाट जोगाउनका निम्ती उक्त मेशिन जडान गरिएको हो ।
फेयरमेड र वीवाईसी बागलुङको सहयोगमा बोबाङ स्वास्थ्य चौकीमा उक्त सामाग्रि सञ्चालनमा ल्याइएको हो । उक्त मेशिन सञ्चालन सँगै ग्रामिण क्षेत्रमा समेत स्वास्थ्य सम्बन्धि अति महत्वपूर्ण सामाग्रि सञ्चालनमा ल्याई नवजात शिशुलाई स्वस्थ्य राख्नमा सहयोगि पुग्ने अपेक्षा लिइएको वडा नं. ७ का अध्यक्ष एवम्का र्यक्रमका अध्यक्ष दिपक थापाले बताए ।
कार्यक्रममा फेयरमेड फाउन्डेशनका अनुगमन तथा मूल्याँक बरिष्ठ अधिकृत बेदप्रकाश सर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम स्वास्थ्य चौकी प्रमुख दिपक थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।