Sorry, that menu does not exist.
 

गल्कोट हटियामा लाखे नाँच प्रदर्शन, हरिचौरमा यस वर्ष वर्षे नाँच ननचाईने !

कुसुम थिङ, गल्कोट २०७७ साउन १२ । सामान्यतया साउन भदौ महिनालाई वर्षे नाँचको महिनाको रुपमा लिईन्छ । खेतीपाती धान कोदो रोपी गोडी सकेर स्थानीयहरुले परम्परागतरुपमा मनाउदै नचाउदै आएको वर्षे नाँच (भदौरे जात्रा) प्रदर्शन गर्दैै आएका छन् ।

घण्टाकर्ण चतुर्दशीका दिन खासगरी नेवार समुदायले गठेमंगल पर्वको रुपमा मनाए पछी वर्षे नाँचहरु प्रदर्शन गर्न सुरु गरिन्छ । गठेमंगल पर्व पछी बागलुङ सदरमुकाममा लाखे, रोपाई, जोगी, कटुवाल आदि नाँचहरु प्रदर्शन हुँदै आएका छन् ।

अहिले विश्वव्यापीरुपमा फैलिएको कोरोना संक्रमणका कारण अत्याधिक मात्रामा जनसमुह भेला हुने खालका धार्मिक एवं साँस्कृतिक कार्यक्रमहरु भए गरिएका छैनन्) । आजै मात्र जिल्ला प्रशासन कार्यालय बागलुङले एक सूचना जारी गरी सरकारव्दारा जारी आदेशको बर्खिलाप हुने गरी न्यूनतम स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्ने, मास्क नलगाई घरबाट निस्कने, भीडभाड गर्ने, न्यूनतम सामाजिक दुरी कायम नगर्ने प्रवृत्ति बढीरहेको परिप्रक्षमा स्वास्थ्य र सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न भनिएकोले बर्षे नाँचहरु प्रभावित हुने देखिन्छ ।

लकडाउनको अन्त्य गरिएको सरकारको निर्णय पश्चात केहि खुकुलो पनको फाईदा उठाएर बागलुङमा गठे मंगल पर्व र भदौरे नाँच प्रदर्शन गरिने क्रमको सुरुवात भएको हो । गल्कोट हटिया बजारमा नाग पन्चमीका दिन दिउसो लाखे नाँच प्रदर्शन गरिएकोमा स्थानीयले तीखो टिप्पणी गरेको देखियो । मंकाखलको आयोजनामा हटियामा प्रदर्शन गरिएको लाखेनाँच बारे स्थानीय सरकारले नजरअन्दाज गर्न नहुने र प्रहरी प्रशासनले समेत संज्ञान लिनुपर्ने आवश्यकता रहेको गल्कोटबासीको भनाई छ । उता गल्कोट ६ हरिचौर बजारमा सालबसाली रुपमा प्रदर्शन गरिदै आएको वर्षे नाँचहरु यस वर्ष प्रदर्शन नगरिने आयोजकले बताएका छन् ।

बागलुङ जिल्लाको पर्यटकीय स्थल ढोरपाटन स्थित ढोरबराह मन्दिरमा जनैपूर्णिमाको पावन अवसरमा लाग्ने धार्मिक मेला कोरोन कै कारण यस वर्ष नगरिने भएकोे छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !