विपदको घटनामा परी एक जनाको मृत्यु भएमा रु २ लाख राहत उपलव्ध गराइने !
बागलुङ २०७७ साउन १३ । जिल्ला विपद व्यवस्थापन समिति बागलुङको सोमबार सम्पन्न बैठकले बिगत बैठकहरुको समीक्षाका साथै कोभिड १९ संक्रमण, रोकथाम, उपचार, विपद पीडीत उद्धार राहत, मनसुन पश्चात भएका क्षतीको विवरण राहत, मध्य पहाडी लोकमार्ग र कालीगण्डकी कोरिडारे सुचारु राखीराख्ने, विपद पूर्व तयारीका लागी आगामी दिनमा सन्चालन गर्ने कार्ययोजना सम्वन्धमा समीक्षाका साथै विविध विषयमा निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी एवं विपद व्यवस्थापन समितिका अध्यक्ष सुरेश न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले जिल्ला सुरक्षा समितिको साउन ९ गतेको बैठकबाट पीडितहरुको उद्धार तथा खोज गर्ने कार्यका लागी खोज तथा उद्धार सामाग्री सहित जिल्ला स्थित सुरक्षा निकायहरु अर्जुनवाण गण घोँडाबाँधे व्यारेक अन्तरगत युनिटहरु शेराडिल व्यारेक, जैमिनी टाकुरी स्थित सुरक्षा सेमु र बुर्तिवाङमा रहेको अस्थायी सुरक्षा बेस गरी एक गुल्ममा जिल्ला प्रहरी कार्यालय बागलुङमा २५ जना र यस मातहतका ईलाका प्रहरी कार्यालयहरु गल्कोट, बुर्तिवाङ र बरेङबाट १०/१० जनाको संख्यामा तारखोला, बलेवा, भिङगिठे र झिवाखोला ईलाका प्रहरी कार्यालयहरु लगायत जिल्लाका सबै प्रहरी चौकीहरुबाट ५।५ जना, सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा बागलुङबाट १० जनाको संख्यामा र सो गुल्म अन्तरगत बरेङ र निसीखोला गाउपालिकामा क्रमश १० र ११ जनाको संख्यामा विपद तथा उद्धारका लागी तयार राख्ने निर्णिय भएकोमा उक्त टोलीलाई खोज, उद्धार र राहतमा रेडक्रसकर्मी स्वयंसेवकलाई उच्च सतर्क अवस्थामा राख्न सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले विपद पूर्व तयारी विपद व्यवस्थापन समितिहरु र यस संग सरोकार राख्ने तथा प्रतिकार्य तथा मनसुन पूर्व तयारी प्रतिकार्य योजनालाई १० वटै स्थानीयतहमा रहने विपद व्यवस्थापन समितिहरु र विपदसंग सरोकार राख्ने संघ, संस्था, निकाय र व्यक्तिहरुसंग समन्वय गरी परिमार्जन गर्ने र अद्यावधिक गर्ने कार्यका लागी कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशव लामिछानेको संयोजकत्वमा गठन भएको जिल्ला स्थित सुरक्षा निकायका पदाधिकारी रहने ज्वाईन्ट अपरेशन सेन्टर र सरोकारवाला संघ संस्था सम्मिलित कार्यदलले अद्यावधिक र परिमार्जन गरेको प्रस्तावित विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०७७ लाई पारित गर्दै यसलाई कार्यन्वयन गर्ने गराउने निर्णय गरेको छ ।
यसैगरी, विपद पीडित उद्धार र राहत सम्वन्धी (सातौ संशोधन) मापदण्ड २०७७ बमोजिम विपदको घटनामा परी कुनै परिवारमा एक जनाको मृत्यु भएमा रु २ लाखका दरले, सोही परिवारमा अन्य व्यक्तिहरुको पनि मृत्यु भएमा प्रति व्यक्ति थप रु १ लाखका दरले राहत रकम उपलव्ध गराउने, आवास खाद्यान्न पसल व्यवसाय जमिन नोक्सान भै तत्काल गुजारका लागी अवस्था हेरी रु २० हजार सम्म नगद सहायता प्रदान गर्ने र सम्भव भएसम्म तत्काल घटनास्थलमा जिल्ला विपद व्यवस्थापन समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारीले उपलव्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।
साथै बैठकले जिल्ला स्थित सुरक्षा निकाय एवं खोज उद्धारमा खटिने रेडक्रसकर्मी स्वयंसेवकलाई उच्च सतर्कतमा राख्ने, राहत सामाग्रीहरु सुरक्षा निकाय, स्थानीयतह, स्थानीय रेडक्रस एवं संघसंस्थाहरु संग समन्वय गरी दुरुस्त राख्ने, बाढी, पहिरो, डुवान र कटान हुन सक्ने स्थानमा बसोबास गर्ने बासिन्दालाई सतर्क अवस्थामा रहन स्थानीयतह संग समन्वय गरी रेडियो एवं सन्चारमाध्यम मार्फत प्रचार प्रसार गर्न लगाउने र बाढी, पहिरो, डुवान र कटानबाट जोखिममा पर्न सक्ने बस्तीको पहिचान र आँकलन गरी सम्वन्धित स्थानीय तहले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने पहले गर्ने पनि निर्णय गरेको छ ।
बैठकमा जिल्ला समन्वय समितीका प्रमुख राजेन्द्र ढुंगान, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधीहरु, केहि स्थानीयतहका प्रमुख एवं अध्यक्ष, पत्रकार, सम्वद्ध निकायहरुका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।