सोम शर्मा, बागलुङ २०७७ साउन १३ । लिओ क्लब अफ बागलुङ कालिकाले बागलुङ नगरपालिका कुंडुलेमा रहेको श्री रंगबेंकटेश मुक्तिनारायण मन्दिर तथा तिरुपती बालाजिधाम मन्दिरमा बृक्षारोपण गरेको छ। ट्विनिङ कार्यक्रम अन्तर्गत रहेर नाइजेरियामा रहेको इपाजा लिओ डिस्ट«क ४०४ बि १ संग मिलेर उक्त कार्यक्रम गरेको हो। मन्दिरको वरपर धुपी तथा अन्य फुलका बिरुवा रोपिएको छ।
बृक्षारोपण कार्यक्रममा बोल्दै जोन चियर पर्सन गोपाल पौडेलले लिओ क्लबले गरेको यस कार्यप्रति आभार ब्यक्त गर्दै लायन्सले अभिभावकत्व लिएर अझै यसैगरि अगाडि बढ्न साथ दिने प्रतिबद्धता समेत ब्यक्त गरे।
कार्यक्रममा बोल्दै बक्ता क्लबका सल्लाहकार शिव केसीले यसैगरी समाजसेवा गर्नुपर्ने भावना अझै प्रष्फुटन हुँदै जानुपर्नेमा जोड दिए।
विशिष्ट अतिथिको रुपमा रहेका अर्का बक्ता तथा तिरुपती बालाजिधाम तथा मन्दिरका अध्यक्ष स्वामी श्री ऋषि प्रपन्नाचार्यले प्राचीन धर्म संस्कृती नै लोप हुने अबस्था रहेको बेलामा यसरि नै हरेक युवामा धार्मिक संस्थामा आएर बृक्षारोपण गरि धार्मिक स्थलको सजावट र पर्यावरण सन्तुलन राख्न नया सोच आउनुपर्नेमा बताए ।
कार्यक्रम लिओ क्लब अफ बागलुङ कालिकाका अध्यक्ष सन्देश बोगटीको अध्यक्षतामा र सचिब जनक सापकोटाको सन्चालनम सम्पन्न भएको थियो।
One Comment