शव्द/चित्र : सोम शर्मा
बागलुङ २०७७ साउन १३ । बागलुङ सदरमुकामको दृश्य हेर्दा कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागी सरकारव्दारा तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने कुरामा धेरैले गम्भीरतापूर्वक नलिएको स्पष्ट हुन्छ । बागलुङ बजारमा को प्रहरी, को व्यापारी, को सवारी चालक, को यात्रु, को सेवाग्राही प्राय: कमैले मुखमा मास्क लगाएको र सामाजिक दूरी कायम गरेको दृश्य देख्न सकिन्छ ।
हिँजो साउन १२ गते मात्र जिल्ला प्रशासन कार्यालय बागलुङले एक सूचना जारी गर्दै सरकारव्दारा जारी आदेशको बर्खिलाप हुने गरी न्यूनतम स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्ने, मास्क नलगाई घरबाट निस्कने, भीडभाड गर्ने, न्यूनतम सामाजिक दुरी कायम नगर्ने प्रवृत्ति बढीरहेको परिप्रक्षमा स्वास्थ्य र सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न भनिएको थियो । सूचनामा, आदेशको अवज्ञा गरी स्वास्थ्य मापदण्डको उल्लंघन गर्ने मास्क नलगाई घर बाहिर निस्कने जो कोहिलाई तत्काल नियन्त्रणमा लिई संक्रमक रोग ऐन २०२० बमोजिम कडा कार्बाही गरिने चेतावनीका बाबजुत बागलुङ बजारमा न्यूनतम मापदण्डको पालना नहुन एकदमै चिन्ताजनक विषय बन्न पुगेको छ ।
द्रष्टव्य : यहाँ प्रस्तुत तस्वीर आज २०७७ साउन १३ गते विहान ११.३० बजेको समयमा बागलुङ बजार शिवधार चौक नजिकै खिचिएको हो ।
2 Comments