भरत सापकोटा, बागलुङ २०७७ साउन १३ । बागलुङ देखि बिहुँकोट घोडाबाधेँ बुर्तिबाङ् हुदै रुकुम पूर्व सम्म जोडिएको गौरवको आयोजनाको नामले परिचित मध्यपहाडी लोकमार्ग बागलुङ नगरपालिका ३ बोक्सेको खाल्डोको पहिरोका कारण बिगत केहि दिन देखी पूर्ण संचालनमा छैन ।
लोकमार्ग सुचारु गर्नका लागि संमबन्धित निकायले समयमै ध्यान नदिई चरम लापर्बाही गर्नुले आम जनता सधै दुख र सास्ती भोग्नुको बिकल्प नभएको बताउछन् ।
सवारी चालक सुनिल शर्मा दैनिक जसो बिहुँकोटका तिन वटा दुग्ध उत्पादक संहकारी संस्था झण्डै चारसय लिटर दुध बोकेर बिहुँ बाट यनतेन बागलुङ तर्फ लाग्छन तर बोक्सेको पहिरोले अवरुद्ध सडक नै उनको सधैं जसो टाउँको दुखाईको बिषय बनेको बताउछन् ।
हिजो आज बर्षाले आँखा नहेरि बर्षिय संगै कमेरे माटोले अडिएको चट्टान र गग्रायल संगै सडकमा दिनहुँ थुप्रिन्छ, थुप्रिय संगै सडक अबरोध बन्न पुग्छ तर दिनानुदिन यस्तो हबिगत हुदा सम्म कुनै निकाय चुईक्क सम्म बोल्दैन त्यस्को दिगो ब्यबस्थापन समेत ध्यान नदिनुले गौरव को योजना नाम मा मात्र सिमित बन्न पुगेको छ भने जनता ले सधै सास्ति भोग्नु परेको छ ।
त्यसो त यो सडक जिम्मा पाएको सिद्धिशाही कन्ट्रक्सनले हिउँदको समयमा यस्लाई ब्यबस्थित गर्न ध्यान नदिनु नै बिगत समय देखीको समस्या बनेको देखिन्छ । हिउँदो याममा समेत आम नागरिकले सास्ती भोग्नु परेका यो सडक खण्ड स्तरिय बनाउन नखोज्नु आयोजना प्रमुख एवं सम्बन्धित निर्माण कम्पनिको लापर्बाही भएको देखिन्छ। लोकमार्गका सरोकारवालाहरुबाट भएको लापर्बाहीबाट आम जनताले कति दिन सास्ती खेप्ने ? अहिलेको ज्वलन्त प्रश्न बनेको छ, बोक्सेको खाल्डो र मध्यपहाडी लोकमार्गको जुहारीले आम नागरिकलाई सास्ती खेप्ने ?
7 Comments