Sorry, that menu does not exist.
 

निरन्तर वर्षाले बिहुँ कर्लिममा जमीन चर्किए पछी ६ घर ८ गोठ उच्च जोखिममा !

भरत सापकोटा बागलुङ बिहुँ २०७७ साउन १४ । निरन्तर वर्षाले गर्दा बागलुङ जिल्लाका विभिन्न भागहरुमा पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ । ग्रामिण भूभागहरुमा अबिरल वर्षातले पहिरो खस्ने, भासिने, चर्किने गर्दा स्थानीयवासी अत्यन्तै खतरा महसूुस गरिरहेका छन् ।

काठेखोला गाउपालिका ५ बिहुँ कर्लिमको सिममा लगातारको वर्षाले गर्दा जमीन चर्किएर धाँजा फाटेपछी त्यस तल र माथीका ६ घर र ८ गोठहरु उच्च जोखिममा रहेको स्थानीय टंक जीसीले ईबागलुङलाई जानकारी दिएका छन् ।

पहिरोले मुक्तिराम सुबेदी संगै जयराम गौतम, होम बहादुर ,जिसी, नरबहादुर जिसी, टंक जिसी र गंगा जिसीको घरगोठनै जोखिममा परेको छ । त्यस्तै पहिरोले पूर्णभन्द्र सुवेदी, रवी सुवेदी र उमानन्द रिजालको गोठमा पुग्ने देखिएको छ । भ्यूटावर नजिकै सरेका नरबादुर जि सी ५ जनाको परिवार पुर्ण रुपले बिस्थापित बनेको छ। जमीन चिरिए पछी घरहरु चर्किएका छन् र कुनै पनि समय भत्किन सक्ने खतरा रहेको स्थानीयले बताएका छन् ।

भीरालो भूभागमा अवस्थित काठेखोला ५ बिहुँ काउलेमा २०७५ साल असार १४ गते अबिरल वर्षाका कारण जमिन भासिएर बस्नै नहुने गरी घरहरु चर्किएपछी दर्जन बढी दलित परिबार बिस्थापित भएका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !