Sorry, that menu does not exist.
 

सिवाईसीव्दारा जापान निवासी उत्कृष्ठ शेयर सदस्य कँडेललाई सम्मान !

सुमन जि.सी. बागलुङ, २०७४ बैशाख २० । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संस्थाको सदस्यता तथा शेयर पुँजी बृद्धि अभियानमा सबैभन्दा वढि शेयर रकम राखी सहयोग पु¥याए मार्फत काठेखोला गाउँपालीका वडा नं. ५ करलीम हाल जापन निवासी दयाराम कँडेललाई बुधबार एक कार्यक्रमका विच संस्थामा स्वागत तथा सम्मान गरेको छ ।

जापनमा बस्दै आउनुभएका कँडेललाई केही समय अगाडि संस्थाले सामाजिक सञ्जाल मार्फत सदस्यता विस्तार अभियान अन्तर्गत शेयर सदस्य प्रदान गरेको थियो । कँडेल नेपाल आएको अवसरमा संस्थाले थालेको सहकारी मार्फत समृद्धिको अभियानमा संस्थामा १० लाख बराबरको शेयर रकम राखी सहयोग पु¥याएकोमा संस्थाका कोषाध्यक्ष विमला गुरुङ, सञ्चालक नारायण पौडेल, ऐक्सेस कार्यदल सदस्य सीता शर्माले टिका, माला र खादा, सल्लाहाकार देववहादुर श्रेष्ठले शेयर प्रमाण–पत्र र संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले संस्थाको बुकलेट, ब्रोसर तथा क्यालेण्डर प्रदान गरी स्वागत तथा सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष पौडेलले संस्थाले सञ्चालन गरिरहेको आर्थिक कारोवार संगसंगै सामाजिक सुरक्षा तथा मानवीय समबेदनामा पु¥याएको योगदानका कारण संस्थाको सदस्य बन्ने अभियान देश विदेशमा चलीरहेको बताए । पौडेलले सिवाईसीका जापनमा ३ सय सदस्य पु¥याउने अभियानमा आ–आफ्नो ठाउँबाट साथ र सहयोग गर्ने जापान स्थित संस्थाका शेयर सदस्य, शुभचिन्तक र सम्वद्ध सबैलाई धन्यवाद दिदै सिवाईसीले सुरुवात गरेको समृद्धिको यात्रामा सबैलाई सहयोगको आग्रह गरे ।

कार्यक्रममा संस्थाले शेयर सदस्य बनेपछी संस्थामा स्वागत तथा सम्मान गर्ने परिपाटी अनुसार सामाजिक सञ्जाल मार्फत यस पूर्वनै शेयर सदस्य वनीसक्नुभएका उत्कृष्ठ शेयर सदस्य कँडेलका धर्मपत्नी जापन निवासी कमला कँडेल, काठेखोला गाउँपालीका वडा नं. ५ हाल जापन नीवासी अनन्त रिजाल, राजु कँडेल, काठेखोला गाउँपालिका वडा नं. ६ हाल जापन नीवासी धुर्व कँडेल र ताराखोला गाउँपालीका अर्गल सिले हाल जापन नीवासी शिवलाल कँडेललाई उत्कृष्ठ शेयर सदस्य कँडेल मार्फत संस्थाको तर्फवाट खादा, बुकलेट, ब्रोसर तथा क्यालेण्डर पठाएको छ ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शेयर सदस्य प्रकाश जि.सी., उत्कृष्ठ शेयर सदस्य कँडेल, सल्लाहाकार श्रेष्ठ लगाएतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन प्रवन्धक नवराज शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply