बुर्तिवाङ २०७४ बैशाख २१ । स्थानीय तहको पहिलो चरणको निर्वाचन तालिका अनुसार आज बैशाख २१ गते विहान ११ बजे देखी दिउसो १ बजे सम्ममा उमेदवारको नामावली प्रकाशन तथा दिउँसो १ बजेदेखी ५ बजे सम्म उमेदवारी फिर्ता लिने कार्यक्रम रहेको छ ।
हिँजो बैशाख २० गते उमेदवारको बिरुद्ध उजुरी र मनोनयन पत्र जाँच गर्ने रहेको थियो । कुनै उमेदवार विरुद्ध उजरी नपरेको र मनोनयन पत्र जाँच गर्ने कार्यक्रम समेत सम्पन्न भएको जनाईएको छ ।
आगामी बैशाख ३१ गते घोषणा भएको स्थानीय तहको निर्वाचनका लागि स्थानीय राजनैतिक दलहरुले बैशाख १९ गते आ—आफना गाउँपालिका र नगरपालिकामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उमेदवार दर्ता गरेका छन् ।
जिल्लाको पश्चिम स्थित ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिका लगायत जिल्लाभरनै विभिन्न दल तथा स्वतन्त्र तर्फबाट निर्वाचनमा भाग लिने उमेदवारहरुले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।
आज उमेदवारी फिर्ता गर्नेले फिर्ता गर्ने समय निर्वाचन अधिकृतको समय तालिकामा उल्लेख छ । जस अनुसार उमेदवारी फिर्ता भएसँगै अन्तिम नामावली प्रकाशन गरिने छ ।
ढोरपाटन नगरपालिका
जस अनुसार ढोरपाटन नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा २ सय जनाले मनोनयन दर्ता गराएका छन् । जहाँ मेयर पदका लागि ७ जना, उपमेयर पदमा ४ जना, ९ वटा वडाका वडा अध्यक्ष पदमा ३९ जना, खुल्ला पुरुष सदस्य पदमा ७४ जना, खुल्ला महिला सदस्य पदमा ३९ जना तथा दलित महिला सदस्य पदमा ३७ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत केदारनाथ पौडेलले बताउनुभएको छ ।
यसैबीच ढोरपाटन नगरपालिकामा मेयर पदमा नेपाली काँग्रेसबाट अर्जुन शेरचन, नेकपा एमालेबाट देवकुमार नेपाली, नेकपा माओवादी केन्द्रबाट शेरमान घर्ति मगर, राष्ट्रिय जनमोर्चाबाट गौरीश्वर पाण्डे, नयाँ शक्ति पार्टिबाट टेकबहादुर कँवर र स्वतन्त्र उमेदवारमा सहविन अर्गेजाले मनोनयन दर्ता गराउनुभएको छ ।
यस्तै उपमेयर पदमा नेपाली काँग्रेसबाट दिलमायाँ पौवी, नेकपा एमालेबाट कर्मती घर्ति, माओवादी केन्द्रबाट विप्सना घर्ति सुनार र राष्ट्रिय जनमोर्चाबाट दुर्गादेवी घर्ति मगरले मनोनयन दर्ता गराउनुभएको छ ।
निसीखोला गाउँपालिका
उता निसीखोला गाउँपालिकामा ७ वडा वडा र अध्यक्ष तथा उपाध्यक्ष पदमा कुल १ सय २९ जनाले निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारी दर्ता गराएका छन् । निसीखोला गाउँपालिका निर्वाचन अधिकृत विष्णुभक्त रञ्जितका अनुसार गाउँपालिकाको अध्यक्ष पदमा ६ जना, उपाध्यक्ष पदमा ५ जना, वडा सदस्य पदमा २७ जना, खुल्ला पुरुष सदस्य पदमा ४६ जना, खुल्ला महिला सदस्य पदमा २३ जना र दलित महिला सदस्य पदमा २२ जनाले उमेदवारी दर्ता गराएका छन् ।
निसीखोला गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसबाट तारानाथ पौडेल, राष्ट्रिय जनमोर्चा र एमालेबीचको तालमेलबाट राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही, माओवादी केन्द्रबाट प्रेम बहादुर घर्ति र एक जना स्वतन्त्र उमेदवारमा प्रकास कुवँर र राष्ट्रिय प्रजातन्त्र पार्टिबाट चक्रबहादुर मल्ल र नयाँ शक्ति पार्टिबाट नैनशिंह बुढाले मनोनयन दर्ता गराउनुभएको निर्वाचन अधिकृत रञ्जितले बताउनुभयो ।
उपाध्यक्ष पदको उमेदवारीमा काँग्रेसबाट शोभा कार्की राष्ट्रिय जनमोर्चा र एमालेबीचको संयुक्त प्यानलबाट रुद्रप्रसाद पौडेल, माओवादी केन्द्रबाट यसोदा रेग्मी , राप्रपाबाट पुष्पा कुमारी कुवँर र नयाँशक्ति पार्टिबाट ईन्द्रमायाँ विश्वकर्माले मनोनयन दर्ता गराउनुभएको छ ।
तमानखोला गाउँपालिका
तमानखोला गाउँपालिकामा ६५ जनाले उमेदवारी दर्ता गराएका छन् । ६ वटा वडारहेको उक्त गाउँपालिकामा अध्यक्ष पदका लागि ३ जना, उपाध्यक्ष पदमा २ जना, वडा अध्यक्ष पदमा १२ जना, खुल्ला पुरुष सदस्यमा १२ जना, खुल्ला महिला सदस्यमा १२ जना र दलित महिला सदस्यमा १२ जनाले मनोनयन दर्ता गराएका छन् ।
उनीहरुमध्ये काँग्रेसबाट वडा नं. ३ मा गीर बहादुर घर्ति र वडा नं. ६ बाट कुलबहादुर छन्त्याल निर्विरोध वडा अध्यक्ष बनेका छन् । यस्तै काँग्रेसबाट ३ जना पुरुष सदस्य, १ जना महिला सदस्य र १ जना दलित महिला सदस्य तथा एमाले बाट १ जना महिला सदस्य र माओवादी केन्द्रबाट १ जना दलित महिला सदस्य पनि निर्विरोध भएको निर्वाचन अधिकृत सुवास कुमार लामिछानेले जानाकारी दिनुभएको छ ।
तमानखोला गाउँपालिकामा काँग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षमा जोकलाल बुढा, एमालेबाट दल प्रसाद सापकोटा र माओवादी केन्द्रबाट सुर्य सिर्पालीले मनोनयन दर्ता गराएका छन भने, उपाध्यक्ष पदका लागि काँग्रेसबाट मानसरी शेरचन र राष्ट्रिय जनमोर्चाबाट डोरबहादुर क्षेत्रीले मनोनयन दर्ता गराउनुभएको बताइएको छ ।
बडीगाड गाउँपालिका
यस्तै १० वटा वडा रहेको बडीगाड गाउँपालिकामा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष सहित कुल १ सय ९४ जनाले उमेदवारी दर्ता गराएका छन् । गाउँपालिकाको अध्यक्ष पदका लागि ५ जना, उपाध्यक्ष पदका लागि ५ जना वडा अध्यक्ष पदका लागि ३९ जना, खुल्ला पुरुष सदस्य पदका लागि ७१ जना, खुल्ला महिला सदस्य पदका लागि ३७ जना र दलित महिला सदस्य पदका लागि ३७ जनाले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन ।
बडिगाड गाउ पालिकाको अध्यक्षपदमा काँग्रेसबाट गण्डकी थापा अधिकारी, एमालेबाट मेयरंिह पाईजा, माओवादी केन्द्रबाट शिवाजी आचार्य, राष्ट्रिय जनमोर्चाबाट भिमसेन वन रहनुभएको छ भने उपाध्यक्ष पदमा काँग्रेसबाट अमर श्रीस, एमालेबाट उषा घिमिरे, माओवादी केन्द्रबाट राजिक घिमिरे र राष्ट्रिय जनमोर्चाबाट रुनमायाँ थापाले उमेद्वारी दर्ता गराएका छन् ।
यस्तै गल्कोट नगरपालिकामा नेकाबाट भरत शर्मा गैरे मेयर, रेणुका काउचा उपमेयर, नेकपा माओवादी केन्द्रबाट फमलाल न्युरे मेयर र ललिता थापा उपमेयर, एमाले नेतृत्वको संयुक्त प्यानलबाट राजमोका टकं केसी मेयर, एमालेका रत्ना भण्डारी उपमेयर र नयाँ शक्ति पार्टीका तर्फबाट बमबहादुर तमुको मेयरमा उम्मेदवारी परेको छ ।
उता बागलुङ नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा बसन्तकुमार श्रेष्ठ र उपमेयरमा सकुन्तला शर्मा एमालेबाट मेयरमा जनक पौडेल र उपमेयरमा राप्रपाका सुरेन्द्र खडका, माओवादी केन्द्रबाट मेयरमा कुसुम बुढा मगर र उपमेयरमा निर्मलबहादुर श्रेष्ठले उमेदवारी दर्ता गराएका छन भने स्वतन्त्र रुपमा मेयरमा तारा सापकोटा र उपमेयरमा ताराकुमारी रिजालले उम्मेदवारी दिएका छन् ।
जैमिनी नगरपालिकामा कांग्रेसका तर्फबाट इन्द्रराज पौडेलले मेयरमा, कौशिला बिश्वकर्मा उपमेयरमा यस्तै , संयुक्त प्यानलका तर्फबाट राजमोका नरबहादुर पुन मेयरमा र , उपमेयरमा एमालेका लिला राना, यस्तै माओवादीकाका तर्फबाट मेयरमा शोभाप्रसाद शर्मा, उपमेयरमा देवी शर्मा, राप्रपाका तर्फबाट मेयरमा केशव सापकोटा, उपमेयरमा चिना केसी, नयाँ शक्ति पार्टीका तर्फबाट मेयरमा प्रकाशबहादुर क्षत्री, उपमेयरमा रेवती थापा र स्वतन्त्रबाट उपमेयरमा लालबहादुर छन्त्यालको उम्मेदवारी दर्ता गरेका छन् ।
काठेखोला गाउपालिकामा नेपाली काग्रेसको तर्फबाट गाउँपालिका प्रमुखमा होमबहादुर हमाल, र उपप्रमुखमा ज्ञानकुमारी श्रीस, नेकपा एमालेको तर्फबाट प्रमुखमा अमर थापा, उपप्रमुखमा अन्जु जिसी, रहेका छन भने नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा लिलाराम सुनार र उपाध्यक्षमा लक्ष्मी खड्काले उमेदवारी दिएका छन् ।
बरेङ गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेर गरी माओवादीका प्रदिप थापा गाउँपालिका अध्यक्ष र कांग्रेसकी बिष्णुमाया बस्नेतले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय जनमोर्चाबाट कृष्ण शर्माले अध्यक्ष पदमा उमेदवारी दिएका छन भने माओवादी केन्द्रकी चिनिमाया कालामगरले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।
उता ताराखोला गाउँपालिका नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका प्रमुखमा डण्डपाणी कंडेल, उपप्रमुखमा चन्द्रकली रोका पुन, एमाले जनमोर्चाको संयुक्त प्यानलबाट प्रमुखमा राष्ट्रिय जनमोर्चाका पूर्ण चालिसे, र उपप्रमुखमा एमालेका सञ्जयकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रबाट प्रमुखमा प्रकाश घर्ति र उपप्रमुखमा डिलकुमारी पुन, संघिय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त प्यानलबाट प्रमुखमा रामबहादुर घर्ति र राप्रपाबाट प्रमुखमा खिमलाल कंडेल, स्वतन्त्रबाट ऋषिराम रोकाले पाि गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएका छन् ।