Sorry, that menu does not exist.
 

लायन्स क्लब र लियो क्लबको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम : २५ जना युवाव्दारा रक्तदान !

सोम शर्मा, बागलुङ २०७७ साउन १५ ।बागलुङमा एक कार्यक्रममा बिच आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब बागलुङ कालिका, लायन्स क्लब अफ पिस टाउन, लायन्स क्लब अफ पन्चकोट र लियो क्लब अफ बागलुङ कालिकाको संयुक्त आयोजनामा ब्लड ब्याङ्क (रक्त सन्चार केन्द्र)मा करिब २५ जनाले रक्तदान गरेका छन।

रक्तदानको औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथी चिफ काउन्सिल एम जे एफ काजिमान गुरुङले यश किसिमको कार्यक्रम हुनु निकै नै महत्वपूर्ण रहेको बताए । उनले देशका विभिन्न ठाउंमा रगतको अभाव रहेकोमा यस किसिमको रक्तदान कार्यक्रमले रगत अभावमा छटपटिएका धेरै बिरामीलाइ सहयोग पुग्ने बताए।

अर्का बक्ता सिनियर एओजि पि एम जे एफ दुर्गा बहादुर कुवँरले लायन्स क्लब भनेकै सबैको साथमा रहने र सेवा दिने संस्था भएको उल्लेख गरे।

जोन चियर पर्सन गोपाल पौडेलले कार्यक्रमम बोल्दै आफ्नो शरीरमा हुने रगत केही महिनामा खेर जाने नै हो त्यसैले हामीले रगत दिइरहनुपर्ने बताए । उनले रक्तदान जीवनदान हुनाले रक्तदानलाइ पुण्यको नाममा हेरिने बताए।

कार्यक्रम लायन्स क्लब अफ पिस टाउनकी अध्यक्ष राममाया घिमिरेको अध्यक्षतामा लायन्स क्लब अब बागलुङ कालिकाका सचिब खगेश्वर पौडेलको सन्चालनमा लायन्स क्लब अफ पन्चकोटका अध्यक्ष हरिश शर्माको स्वागतमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !