प्रेम सुनार, गुल्मी, २०७४ बैशाख २१ । गुल्मीको एक विद्यालयले सरकारले दिने तलवको आधा भन्दा बढि रकम विद्यालयलाई सहयोगका नाममा लिएर शिक्षक नियुक्ती गरेकोे खुलासा भएको छ ।
गुल्मीको ईस्मा गाउँपालिका अन्तरगत साविकको अर्जै गाविस–७ मा रहेको गोविन्द रत्न कुँवर लोकतान्त्रिक निम्न माध्यामिक विद्यलयले विमला भुसाललाई दुई वर्ष अघि करार राहत कोटामा शिक्षक नियुक्ती गर्दा सरकारले दिने कुल तलव मध्येबाट आधा भन्दा बढि रकम उनले विद्यालयलाई दिनु पर्ने सर्त राखेर नियुक्ति दिएको हालै आएर मात्र खुलासा भएको हो । सोही अनुरुप उक्त विद्यालयले ती शिक्षिकाबाट हाल सम्म दुई लाख भन्दा बढि रकम लिई सकेको छ ।
२०७१ साल मंसिर १८ गते राहत कोटा प्रा.वि.तृतिय श्रेणी करार सेवामा नियुक्ति गरिएकी भुसालको मासिक तलव १८ हजार ७ सय ३० रुपैयाँ जिल्ला शिक्षा कार्यालयबाट निकासा गर्दै त्यस विद्यालयले उनलाई हरेक महिना जम्मा ८ हजार मात्रै दिएर १० हजार ७ सय ३० रुपैयाँ आफुले राख्दै आएको सोही विद्यालयले स्वीकार गरेको छ ।
‘लिखित सहमति गरिएको होईन, उनलाई नियुक्ती दिदा विद्यालय सञ्चालनका लागि सहयोग स्वरुप उनलाई मासिक ८ हजार दिने र बाँकी विद्यालयले राख्ने मौखिक सर्त राखिएको थियो’– प्रधानध्यापक तिलबहादुर कुँवरले भने–‘ सोही अनुरुप त्यसो गरिदै आएको हो । ’
शिक्षिका भुसालले भने कुनै सहमाति नभएको जिकिर गर्दै पुरै तलव पाउँन नसकेको भन्दै जिल्ला शिक्षा कार्यालयमा उजुरी दिएकी छिन् । पटक पटक विद्यालय व्यवस्थापन समिति र प्रधानध्यापक संग पुरै तलव पाउँ भनि निवेदन गर्दा पनि सुनुवाई नभए पछि जिल्ला शिक्षा कार्यालयमा उजुरी दिन बाध्य भएको उनले बताईन् ।
नेपाल सरकारले २०७३ साउन १ गते देखि उनको तहका शिक्षकहरुको तलव भत्ता सहित १८ हजारबाट बृद्धि गरेर २३ हजार १ सय ७० बनाउँदा समेत उनलाई ८ हजार मात्रै दिन थाले पछि गत मंसिर महिनामा उनि जिल्ला शिक्षा कार्यालयको शरणमा पर्न बाध्य भएकी थिईन् ।
उनले जिल्ला शिक्षा कार्यालयमा पुरै तलव दिलाई पाउँ भनि उजुरी दिए पछि उनलाई न्याय दिलाउनुको साटो गत कार्तिक २८ गते एक्कासी त्यस विद्यालय व्यवस्थापन समितिले उनलाई वर्खस्ता गरेको थियो ।
जवरजस्ती स्पष्टीकरण पत्र थमाउँदै र विभिन्न आरोपहरु शिक्षिका माथी थपोर्दै अन्यायपुर्ण ढंगबाट गरिएको वर्खास्ती भन्दै त्यस विरुद्ध विभिन्न राजनैतिक दल र त्यहाँका सर्वसाधरणहरुले समेत निन्दा गरेका छन् ।
झण्डै दुई वर्ष देखि एउटी महिला माथी उक्त विद्यालयले ठुलो शोषण गरेको भन्दै त्यस विरुद्ध नेपाली कांग्रेस अमरपुर गाउँ कार्य समिति उत्रिएको छ । सोही गाउँ कार्य समिति सभापति रेशम कुँवरको नेतृत्वमा हिजो अमरपुरका कांग्रेसजन त्यस विद्यालयमा पुगेर विद्यालय व्यवस्थापन समितिलाई तत्काल उनलाई जिल्ला शिक्षा कार्यालयले पठाएको पत्र अनुरुप थमौती गर्न र उनले पाउनु पर्ने पुरै तलव दिलाउन ज्ञापन पत्र बुझाएको छ ।
नेपाली कांग्रेस अमरपुर गाउँ कार्य समिति सभापति कुँवरले त्यस विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन समेत पुरै एउटै राजनैतिक दलका मानिसहरु मात्रै रहेकोले यस्तो अन्याय भएको आरोप लगाए । उनले त्यस्तो अन्यायका विरुद्ध आफ्नो पार्टी थप आन्दोलित हुने चेतावानी समेत दिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपाल कुँवर केसीले आफ्ना माता पिताको नामबाट स्थापना गरेको त्यस सामुदायिक विद्यालय उनि र उनि निकट राजनैतिक दलका केहि चल्तापुर्जाहरुकै निरङकुशतामा चल्दै आएको आरोप कांग्रेस सभापति कुँवरले लगाएका छन् ।
उनले गत वर्ष त्यस विद्यालयको खेल मैदान निर्माणका लागि सांसद विकास कोष मार्फत परेको १० लाख रुपैयाँको काम पनि पारदर्शी नभएको आरोप समेत लगाए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुँवर केसीले विद्यालयले शिक्षिका भुसाल त्यस अघि देखि नै निजी श्रोतमा पढाउँदै आएकोले उनि भन्दा सक्षम उमेदवार हुँदाहुँदै पनि उनलाई प्राथामिकतामा राखेर नियुक्ती गरिएको बताए ।
उनले भने – ‘त्यसरी नियुक्ति गरिएको र विद्यालय सञ्चालनका लागि समस्या परेर उनलाई मासिक ८ हजार मात्रै दिईएको, पछि बढाई दिउँला भन्दा भन्दै पनि उनले जिल्ला शिक्षा कार्यालयमा हामी विरुद्ध उजुरी दिए पछि उनका अरु केहि कमजोरी समेत रहेकोले वर्खास्त गरिएको हो । ’
कांग्रेसजनहरुलाई अध्यक्ष कुँवरले बैशाख २२ गते समितिको बैठक वसालेर निर्णय दिने आश्वासन दिएका छन् । शिक्षिका भुसाललाई जिल्ला शिक्षा कार्यालयले हाँजिर हुन पत्र पठाए पछि उनि त्यस विद्यालयमा पढाउन गई रहेकी छिन् ।
तर,प्रधानध्यापक कुँवरले हाँजिरी रजिष्टर लुकाई दिने , उनले पढाई रहेको कक्षामा फेरी अर्को शिक्षक पठाएर सोही विषय दोहराएर पढाउन लगाउने लगायतका कृयाक्लाव गरेपछि उनलाई मानसिक तनावमा समेत पारिदै आएको छ ।
उनि विपन्न व्राम्ण समुदायकी चेली हुन् । आर्थिक अभावका कारण क्याम्पस पढ्न नसकेर उनले २०६५ साल देखि त्यस विद्यालयमा जम्मा मासिक १५ सय तलवमा निजी श्रोतमा पढाउँदै आएकी थिईन् ।
त्यस विद्यालय हेर्ने मरभुङ्ग श्रोत केन्द्रका श्रोत व्यक्ति कृष्ण पाण्डे संग यति ठुलो शोषण हुँदा पनि के हेर्नु भयो त तपाईले ? भन्ने प्रश्नमा उनले हामीले हेर्ने कागज हो, हरेक महिना पुरै तलव उनले बुझेको भर्पाई छँदै छ क्यारे भन्ने जवाफ दिए ।
यस सम्वन्धमा जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाल संग सम्पर्क राख्दा उनले त्यस विद्यालयले कानुन हातमा लिएर ति शिक्षिका माथी अन्यायपुर्ण व्यवहार गरेको प्रतिकृया दिए ।
उनले भने–‘ शिक्षिका भुसालले उजुरी दिए लगत्तै हामीले तत्काल वर्खास्ती वदर गराई हाँजिर गराउन पत्र पठाएका थियौं तर हाल सम्म त्यहाँका प्रधानध्यापकले जिल्ला शिक्षा कार्यालयकोे निर्देशन कार्यान्वयन नगरेकाले उनलाई निलम्वन समेत गर्ने तयारमा रहेका छौं । उनले थपे–‘ व्यवस्थापन समितिले समेत अटेरी गरिरहे त्यो समिति समेत खारेज गर्न हामी पछि पर्ने छैनौ र यथाशिघ्र ति शिक्षिकालाई न्याय दिलाएरै छाडिने छ ।’
स्मरण रहोस एक वर्ष अघि यिनै जिल्ला शिक्षा अधिकारीले दर्लिङ्गको एक विद्यालयमा पनि यसरी नियुक्ती गरिएकी शिक्षिकालाई आधा तलव विद्यालयले नै राख्दै आएकोमा पुरै तलव दिलाई दिएका थिए ।
शिक्षकको दरवन्दी पार्ने , नियुक्ती पुर्व विद्यालयलाई सहयोगका नाममा रकम कति दिने भन्न्े विषयमा वार्गेनिङ्ग गर्ने यस्तो प्रबृत्ति जिल्लाका प्राय धेरै विद्यालयमा रहेकोले योग्य व्यक्तिले भन्दा पनि त्यसरी नै रकम दिन मञ्जुर हुने व्यक्तिले नियुक्ती पाउँदै आएको सरोकारवाला बताउछन् । नेपाल शिक्षक संघ गुल्मीका अध्यक्ष प्रेमनारायण भण्डारीले यस्तो प्रबृत्तिलाई संस्थागत भ्रष्टचारको संज्ञा दिए ।