Sorry, that menu does not exist.
 

बैंकहरुले समेट्न नसकेको वर्गलाई सहकारीले समेट्नु सराहनीय: सांसद पौडेल

रामप्रसाद घिमिरे, बागलुङ २०७७ साउन २१ । प्रतिनिधि सभा सांसद देवेन्द्र पौडेलले सहकारी मार्फत आम नागरिकमा भईरहेको वित्तिय तथा गैह्रवित्तिय कार्यलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन ।
सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।

वित्तिय कारोवारमा बैंकहरुले समेट्न नसकेको वर्ग र क्षेत्रलाई सहकारीले समेटेको भन्दै सहकारीहरु उद्देश्य र शेयर सदस्यको भावना बुझेर अगाडी बढ्नुपर्ने बताए । कार्यक्रममा नेकपाका जिल्ला ईन्चार्ज बलावती शर्माले सहकारी क्षेत्रमा सिवाईसीले गरेको कार्य सह्रानिय रहेको उल्लेख गर्दै सदस्य केन्द्रित सेवालाई सशक्त बनाउन सुझाव राखेका छन । सो अवसरमा सांसद पौडेल र जिल्ला ईन्चार्ज शर्मा सिवाईसी सहकारीको सदस्य बनेकोमा संस्थाले स्वागत गरिएको थियो ।

सहकारीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले खादा र कोषाध्यक्ष सितादेवी सापकोटा कँडेलले टिका लगाई स्वागत गरेका थिए । सहकारीका अध्यक्ष पौडेलले चाउरिएको अनुहारमा खुसी ल्याउन संस्थाले जन्मदेखी मृत्युपर्यन्तका कार्यक्रमहरु तथा वित्तिय कारोवार मार्फत सदस्य केन्द्रित सेवा प्रवाह गरिरहेको बताए।

जिल्लामा केन्द्रिय कार्यालय सहित ११ स्थानवाट सेवाप्रवाह गरिरहेको संस्थाले यसै वर्ष १० वटै स्थानिय तहमा सेवाकेन्द्र स्थापना गरि बित्तिय तथा गैह्रवित्तिय सेवा प्रवाह गर्ने लक्ष्य लिएको छ । १ अर्व ५० करोड कुल सम्पत्ति रहेको संस्थामा १० हजार १ सय भन्दा बढि शेयर सदस्य रहेका छन । सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेको संचालन र सह-सचिव सुवास आचार्यको धन्यवाद मन्तव्य सहित कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !