रामप्रसाद घिमिरे, बागलुङ २०७७ साउन २२ । बागलुङ नगरपालिका ५ मालिकामा १९ वर्षिया पौडेल थरकी किशोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ । छिमेकी ४० वर्षिय भरत सापकोटाले साउन १६ गते बलात्कार गरेको पीडित पक्षले साउन १९ गते आएर जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएपछी घटना सार्वजनिक भएको हो । प्रहरीले अभियुक्त सापकोटालाई नियन्त्रणमा लिएको छ । अभियुक्त सापकोटा र पीडित किशोरी छिमेकी हुन् । स्थानीयका अनुसार घटना स्थलको डेढ सय मिटर वरपर अन्य घरहरु छैनन् ।
साउन १६ गते चार पाँच बजेको समयमा अभियुक्त सापकोटाले केबुल तार कस्तो छ भन्दै घरभित्र पसेर किशोरीलाई जबरजस्ती अनैतिक कार्य गरेको श्रोतले बतायो । पीडित किशोरीकी आमा र अभियुक्तकी श्रीमती मेलामा गएको घरमा अरु कोहि नभएको मौका छोपी सापकोटाले किशोरीमाथी अनैतिक कार्य गरेको बताईएको छ । निज अभियुक्तले साउन १७ गते पनि किशोरी माथी हातपात गरेको पीडित पक्षको भनाई छ । पीडित किशोरीले घटना बारे आफ्नी दिदीलाई जानकारी दिएपछी साउन १९ गते प्रहरीमा जाहेरी दिएको र प्रहरीले साउन २० गते जिल्ला अदालत बागलुङबाट म्याद थप गराई अनुसन्धान सुरु गरेको छ । अभियुक्त सापकोटाले आफुले केहि नगरेको बताउदै केहि दिन पहिले झगडा भएको थियो त्यसै रिसले उजुरी दिएको हो भनेका छन् ।
यस सम्वन्धमा बागलुङ नगरपालिका ५ मालिकाका वडाध्यक्ष शिव सापकोटा संग सम्पर्क राख्दा घटनालाई लिएर पीडित, पीडक र प्रहरी कुनैपनि पक्षले वडा संग सम्पर्क नराखेको जानकारी दिँदे आफ्नो वडाको घटना भएकोले के भएको हो त भनेर जिल्ला प्रहरी कार्यालयमा पुगेर बुझिरहेको बताए ।
4 Comments