सोम शर्मा बागलुङ २०७७ साउन २२ । बागलुङ बजार देउराली चोकदेखी कम्पुटोलसम्म छेवैमा बगेको पहिरोले १६ वटा घर जोखिममा परेका छन। गत रातिको अबिरल बर्षाको कारण तुलसी नारायण भारीको घरकै छेवैबाट ३ वटा रुख ढलेकोले उक्त स्थानमा घरहरु थप जोखिममा परेका छन। ।
स्थानिय भुमिश्वर गौतम, शशी कपुर श्रेष्ठ, बिन्दु सागर राभ, अमृत बोहोरा, दर्शन श्रेष्ठ, बिजय श्रेष्ठ, नारायण प्रसाद श्रेष्ठ, ,पद्म नारायण श्रेष्ठका घरहरु बढी जोखिममा परेको स्थानिय जयराम भारीले बताए।
पहिरो गएर घरहरु जोखिममा परेपछी संघिय सांसद मना केसी, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, बानपा ३ का वडा अध्यक्ष लक्ष्मी बास्कोटाले पहिरो ग्रस्त स्थानको स्थलगत निरस्क्षण गरेका छन्।
तत्काल पहिरोको व्यवस्थापन नगरे देउराली चौक देखी तल कम्पुटोलका घरबस्तीहरुनै खतरामा पर्ने स्थानीयले बताएका छन् । छहराको पँधेराको खोल्सा तिरको भीरमा बर्षेनि बारम्बार पहिरो गैरहने हुँदा देउराली चोक देखी कम्पुटोल सम्मका दर्जनौँ घरहरु उच्च जोखिममा परेका छन् ।
16 Comments