रामप्रसाद घिमिरे, बागलुङ २०७७ साउन २३ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान पास अनिवार्य गर्दा सेवाग्राहीलाई झंझट नहोस भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले एकै ठाउँबाट वितरण गर्दै आएको पास (अनुमतीपत्र) चार कक्षहरुबाट वितरण गर्ने व्यवस्था मिलाएको छ । सरकारले कोरोना भाइरस कोभिड १९ लाइ लक्षित गरेर लकडाउन गरि एक जिल्लाबाट अर्को जिल्ला जान पास वितरणलाई जिल्ला प्रशासन कार्यालय बागलुङले सहज बनाएको हो ।
कुनै एक जिल्लाबाट काठमाडौ लगायतका जिल्लाहरुमा जान गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयको पास अनिवार्य बनाएपछि कामको सिलसिलामा बाहिरी जिल्ला जानेहरूलाई प्रशासनले बितरण गर्ने पास थप सहज बनाएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले ईबागलुङलाई बताए ।
पासका लागी जिल्ला प्रशासनमा आउने सेवाग्राहीलाई एकै ठाउँबाट वितरण गर्दै आएकोमा कोरोनाको संक्रमण समुदायमा फैलिेन सक्ने संभावनालाई मध्यनजर गरी पास ४ कक्षबाट बितरण प्रारम्भ गरेको छ । काठमाडौं उपत्यकाको लागि नागरिकता शाखाबाट ,प्रदेश नम्बर ५ को लागि राहदानी शाखाबाट गण्डकी प्रदेशको लागि मुद्दा शाखा र अन्य प्रदेशका लागि गुनासो ब्यबस्थापन सहायता कक्षबाट पास वितरण गर्न शुरूवात गरिएको छ ।
जिल्ला प्रशासनबाट वितरण गरिदै आएको पास एउटै फाँट मार्फत वितरण गर्दा कार्यालयमा भीडभाड बढ्नुका साथै सामाजिक दुरी कायम गराउन समेत गाह्रो भएकाले ४ वटा शाखा मार्फत वितरण सुरु गरिएको कार्यालयले जनाएको छ ।
यसैबीच कार्यालयमा आउने सेवाग्रहीहरुले बुझाउनुपर्ने निबेदनको लागि स्टेसनरी पसलहरुले प्रति निवेदन ११० सम्म शुल्क लिईरहेको जन गुनासो आएसँगै प्रशासनले आफैले निवेदनको ढाचा छपाई सेवाग्राहीहरुलाई निस्शुल्क वितरण गर्ने गरेको प्रजिअ न्यौपानेले बताए ।
काठमाडौँ जानकालागि पास लिन आएका भगवान केसीले कार्यालयबाट यसरी निस्शुल्क निवेदनको ढाँचा पाउँदा खुस्सि व्याक्त गर्दै भने म असारको २८ गते चितवन जाँदा पास लिन आउँदा निवेदनकोलागि बहिर १०० रुपैयाँ तिरेको थिएँ तर आज कार्यालयले निशुल्क वितरण गरेकोमा निकै सजिलो भयो । ू
तस्वीर- सोम शर्मा ।
One Comment