Sorry, that menu does not exist.
 

मास्क नलगाई हिंड्ने ३३ जना कारबाहीमा : प्रहरीले देख्ला कि भनेर नभै आफ्नै सुरक्षाका लागी मास्क लगाऔँ !

सोम शर्मा, बागलुङ २०७७ साउन २३ । बागलुङ सदरमुकाममा बिना मास्क हिंड्ने ३३ जनालाइ प्रहरीले नियन्त्रणमा लिइ कारबाही गरेको छ। नेपाल सरकारले कोरोना महामारीलाइ नियन्त्रण गर्न देशैभरिका ७७ जिल्लाका प्रशासन कार्यालयलाइ कडा निर्देशन दिएपछी उक्त कदम चालिएको हो। समातिएका २९ जना पुरुष र ४ जना महिलालाई संक्रामक रोग ऐन २०२० अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा लगेर जनही १००/१०० का दरले जरिवाना गरेर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले ईबागलुङलाई बताए। सरकारको निर्देशनलाइ पालना नगर्नेलाइ हरेक दिन खोजी खोजी कारबाही गर्ने प्रबक्ता रेग्मीले बताए।

‘यो खाली प्रहरी प्रशासनले मात्र रोकेर रोक्न सकिने बिषय होईन, प्रवक्ता रेग्मीले भने, ,आम जनमानसमा जबसम्म आफैमा सचेतनाको बिकास हुंदैन तबसम्म यो महामारीबाट सहजै उन्मुक्ती पाउन सकिंदैन । त्यसैले प्रहरीले देख्ला कि भनेर मात्र मास्क लगाउन बानी त्यागेर आफ्नै लागि हो भन्ने भावना ल्याउनुपर्छ।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !