Sorry, that menu does not exist.
 

कालिका भगवती गुठीबाट अपाङ्गता भएका कृष्ण सार्कीलाई ह्वील चियर प्रदान !

राम प्रसाद घिमिरे, बागलुङ २०७७ साउन २४ । बागलुङ नगरपालिका वडा नम्बर ३ निवासी ७२ बर्षिय अपाङ्गता भएका कृष्ण सार्कीलाई कालिका भगवती गुठीले व्हिल चियर प्रदान गरेको छ । दुई वटै खुट्टा नचल्ने अपांगता भएका सार्कीलाई हिँजो एक कार्यक्रमवीच कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले व्हिल चियर हस्तान्तरण गरेका हुन् ।

नगरपालिकाले वडा नम्बर ३ मा रिङ रोड बनाउन सडक र नाली बिस्तार गर्दा सार्कीको घर पहिरोको जोखिममा परेपछि अहिले उनी बिस्तापित भएर छोराको घरमा बस्दै आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !