Sorry, that menu does not exist.
 

खर्वाङको नवप्रतिभा वचत तथा ऋण सहकारीले वचत तथा ऋणमा व्याजदर घटायो

कमल पौडेल, खर्वाङ २०७७ साउन २७ । नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड खर्वाङले साउन १ गते देखि लागु हुने गरि प्रत्येक वचत तथा ऋण कारोवारमा १ प्रतिशतका दरले वार्षिक व्याज घटाउने भएको छ। जस अनुसार शेयर सदस्यलाई मासिक किस्ताबन्दीमा वार्षिक ११ प्रतिशत व्याजमा ऋण उपलब्ध गराउने भएको छ। त्यस्तै व्दैमासिकमा वार्षिक १२ प्रतिशत, त्रैमासिकमा वार्षिक १३ प्रतिशत तथा ६ महिनेमा वार्षिक १४ प्रतिशत व्याजदरमा ऋण लगानी गर्ने निर्णय गरेको छ। गत वर्ष सम्म १६ प्रतिशत व्याजदरमा ऋण लगानी गरेको सहकारीले एक वर्ष भित्रै २ प्रतिशतका दरले व्याजदर घटाएको हो।

त्यस्तै सहकारीले बचतमा दिँदै आएको व्याज पनि घटाएको छ। मासिक वचतमा वार्षिक ९ प्रतिशत व्याज दिँदै आएको सहकारीले साउन १ गते देखि लागु हुने गरि ८ प्रतिशतमा झारेको र दैनिक वचतमा ५ प्रतिशत व्याज कायम गरिएको सहकारीका अध्यक्ष होमनाथ अर्यालले जानकारी दिए । साथै यस अघि वढि व्याजमा ऋण सम्झौता गरेका ऋणीहरुले पनि ऋण नविकरण गरे नयाँ व्याजदर लागु हुने सहकारीले जनाएको छ। यस क्षेत्रकै पुरानो र उत्कृष्ठ सहकारीको रुपमा परिचित नव प्रतिभा वचत तथा ऋण सहकारीको २ करोड १८ लाख शेयर पुँजी, १४ सय वढि शेयर सदस्य तथा १६ करोड १० लाख वढिको कारोवार गर्दै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !