Sorry, that menu does not exist.
 

पत्रकार राजभण्डारी कञ्चन पत्रकारिता पुरस्कार द्वारा सम्मानित !

रामप्रसाद घिमिरे, पोखरा २०७७ साउन, २७ । नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेश द्वारा सम्मानित भएका छन् । पोखरामा आयोजित एक कार्यक्रमका बिच गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीशुब्बा गुरुङ र अक्षयकोष दाता समाजसेवी बिमलमान गुभाजूले ताम्रापत्र, दोसल्ला र नगदले पुरस्कृत गरेका हुन ।

संस्थाको २१औं स्थापना दिवसको अवसरमा धौलागिरी सञ्चार क्लबका अध्यक्ष एवं एभिन्युज टेलिभिजनका बागलुङ सम्वाददाता समेत रहेका राजभण्डारीलाई महासंघले निरन्तर क्रियाशील रहेकोमा सम्मान गर्दै २५ हजार नगद सहित पुरस्कृत गरेको हो ।

बिक्रम संवत् २०४५ साल देखि पत्रकारिता क्षेत्रमा सुरुवात गरेका राजभण्डारी बागलुङमा रहेर पत्रकारिता क्षेत्रमा अनब्रत ३२ बर्षको निरन्तर यात्राको सम्मान गर्दै साधारण जीवनशैली र सरल स्वभावका राजभण्डारीको पत्रकारिताको यात्राले बागलुङको पत्रकारिता क्षेत्रको बिकाशमा महत्त्वपूर्ण योगदान रहेको नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष एवं फोनिज गण्डकी प्रदेशका उपाध्यक्ष दिल श्रीषले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !