Sorry, that menu does not exist.
 

सडकदेखि वगेको भल पहिरोका कारण अधिकारीचौरमा एक दर्जन घर जोखिममा

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ साउन २७ । ढोरपाटन नगरपालिका ५ अधित्रकारीचौर स्थित लामाचौरमा सडक देखि बगेर आएको भल सहितको लेदोले केहि घर जोखिममा परेकाछन् । सोमबार दिउँसो आएको भेल सहितको लेदोले लामाचौर स्थित वालविकास केन्द्रको नवनिर्मित भवनमा क्षेति पुर्याएको छ । ढुँगा माटो सहितको लेदो वालविकास केन्द्र भित्र पसेको हो ।

स्थानिय गोरे भट्टराई, श्रीप्रसाद विक, चन्द्रमणि विकको घरमा लेदो पस्दा क्षेति पुग्नुका साथै उनिहरुको गोठ , शौचालय भेलले बगाएको छ । उक्त भेल पहिरोका कारण स्थानिय एक दर्जन बढी घरपरिवार उच्च जोखिममा रहेका छन् । भेल पहिरोका कारण स्थानियले लगाएको धान, मकै, कोदो लगाएत खेतिबालीमा समेत क्षेति पुर्याएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !