मास्को (रूस) रूसी राष्ट्रपति व्लादिमीर पुतिनले कोरोना भाईरस भ्याक्सिन प्रयोगको लागी तयार भएको बताएका छन् । उनले भिडियो कॉन्फ्रेंसिंग मार्फत यस्को जानकारी दिएका हुन । रुसमा विश्वमा पहिलो कोरोना भाईरस भ्याक्सिन प्रयोगमा आउने छ । स्वास्थ्य मन्त्रालयले अगस्त १२ तारीखका दिन यो भ्याक्सिन प्रयोगमा आउने मिति समेत तय गरेको छ । यो भ्याक्सिन प्रयोगका लागी रजिष्टर भै सकेको छ ।
राष्ट्रपति पुतिनका अनुसार उनकी पुत्रीलाई यो भ्याक्सिन दिई सकिएको छ । पुतिनले परीक्षणको दौरान यो भ्याक्सिन कोरोना भाईरसको स्थायी उपचारमा कुशल सावित भएको छ । यो विश्वमा पहिलो प्रमाणिक भ्याक्सिन हो ।
मॉस्कोको गामलेया रिसर्च इंस्टिट्यूटले एडेनोवायरसलाई आधार बनाएर भ्याक्सिन तयार गरेको हो । रिसर्च र मैनुफैक्चरिंगमा कार्यरत धेरैजनाले यस भ्याक्सिनको डोज लिईसकेको बताईएको छ ।