लक्ष्मण बिश्वकर्मा,पर्वत २०७७ साउन २७ । फलेवासमा कोरोना भाइरस कोभिड १९ तथा विपदबाट ग्रसित, सीमान्तकृत, सहाराबिहीन, अपांग तथा जेष्ठ नागरिकहरुलाई राहत वितरण गरिएको छ । रिड नेपाल काठमाडौ, मोती सामुदायिक पुस्तकालय,पर्वत र राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय फलेवास पर्वतको संयुक्त सहयोग र मोती सामुदायिक पुस्तकालयको व्यवस्थापनमा आज एक कार्यक्रमको आयोजना गरि राहत वितरण गरिएको हो ।
फलेवास नगरपालिका वडा नंं. ५ र ६ का १३ परिवारलाई प्रति परिवार २५ सय बराबरको १ बोरा चामल,दाल, नुन, तेल, मसला, साबुन गरि ३० हजार बराबरको खाद्यान्न वितरण गरिएको मोती सामुदायिक पुस्तकालयका लाइब्रेरीयन ईन्द्र प्रसाद सापकोटाले जानकारी दिए।
राहत वितरण कार्यक्रममा बोल्दै फलेवास नगरपालिका वडा नं. ५ खानीगाउँका वडा अध्यक्ष दिपक शर्मा पौडेलले नगरपालिकाले यस अगाडि पीडितलाई खाद्यान्न राहत वितरण गरेको र अहिले समस्याका बेला विभिन्न संस्थाहरुले पीडितलाई राहत वितरण गरेकोमा सहयोगी संस्थाहरुलाई धन्यवाद दिए । देशकै गौरवको रुपमा खानीगाउँमा रहेको मोती सामुदायिक पुस्तकालयले मानिसलाई बौद्धिक र ब्यबहारिक बनाउदै सामाजिक र उद्योमशिलताका कार्यक्रम संचालन गरेको भन्दै प्रशंसा गरे ।
त्यस्तै कार्यक्रम बोल्दै फलेवास नगरपालिका वडा नं. ६ देविस्थानका वडा अध्यक्ष भोलानाथ भुसालले दुखको बेला राहत प्रदान गर्नु उल्लेखनीय कार्य भएको बताउदै समस्यामा परेका व्यक्तिहरुलाई मानवीय हिसाबले सबैले सहयोग गर्नुपर्ने बताए । नगर सरकारले दुखी गरिब र विपत्तिमा परेका नागरिकलाई राहत र उद्धार कार्यमा लागेको बताउदै त्यस्ता व्यक्तिहरुलाई जिविकोपर्जनका लागि बिशेष कार्यक्रमहरु संचालन गरेको भुसालले जानकारी दिए ।
कार्यक्रममा कार्यपालिका सदस्य केशा परियार,राष्ट्रिय बाणिज्य बैंक फलेवास शाखा प्रबन्धक तोरण बहादुर बिश्वकर्मा, ब्रहमाकुमारी ईश्वरीय विश्व बिद्यालय खानीगाउँका प्रमुख जानकी दिदीु, अहिंसावादी रेडियो पर्वतका स्टेशन म्यानेजर शंकर शर्मा, पुस्तकालय संचालन समिति उपाध्यक्ष सुरक्षा लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मोती सामुदायिक पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज पौडेलको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा बरिस्ठ लाइब्रेरीयन इन्द्र प्रसाद सापकोटाको स्वागत मन्तव्य र कार्यक्रमको संचालन पुस्तकालय संचालक समिती सदस्य गोविन्द प्रसाद सापकोटाले गरेका थिए ।