छविलाल पाण्डे, बुर्तिवाङ २०७७ साउन २७ । पहिरोले घर भत्किएर ज्यान गुमाएका परिवारलाई तमानखोला गाउँपालिकाले राहात हस्तान्तरण गरेको छ ।
तमानखोला गाउँपालिका वडा नं. २ खोलेसबाङमा गत साउन १२ गते राती सडक देखि वगेर आएको पहिरोले स्थानिय पान बहादुर रसाइलीको घर पुरिँदा निजका १३ बर्षिय छोरा खिमबहादुर रसाइली र ११ बर्षिया छोरी रिता रसाइलीको मृत्यु भएको थियो भने श्रीमती हुमकुमारी रसाईली घाइते भएकी थिईन् ।
उक्त दुखद घटनाको विषयमा तमानखोला गाउँपालिकाको निर्णय अनुसार पािलकाको तर्फदेखि पानबहादुरकी श्रीमती हुमकुमारी रसाइलीलाई १ लाख ५० हजार रुपैयाँ हस्तान्त्रण गरिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले ईबागलुङलाई बताए । सोहि पहिरोका कारण फुलकुमारी रसाइलीको समेत घरमा आँसिक क्षेति पुगेका कारण १५ हजार रुपैयाँ हस्तान्त्रण गरीएको अध्यक्ष बुढाले बताए ।
त्यस्तै पानबहादुर रसाइलीको घर समेत पूर्ण रुपमा क्षेति भएका कारण २ लाख ५० हजार लागतमा गाउँपालिकाद्धारा घर निर्माण गरिदिने निर्णय समेत भएको गाउपालिकाले जनाएको छ ।
राहात हस्तान्त्रण कार्यक्रममा गाउँपालिका अध्यक्ष जोकलाल बुढा सहित उपाध्यक्ष मानसरी शेरचन, प्रमुख प्रशासकीय अधिकृत विकास लम्साल, योजना अधिकृत प्रभात लामिछाने वडा अध्यक्ष मिनबहादुर घर्ति लगाएतको उपस्थिती रहेको थियो ।