Sorry, that menu does not exist.
 

पोखरा बागलुङ सडक खण्डका ३ मोटरेवलपुल जोखिममा

रामप्रसाद घिमिरे, पर्वत २०७७ साउन २८ । दैनिक सयौं सवारी चल्ने पोखरा बागलुङ राजमार्गका ३ वटा मोटरेवल पुल जीर्ण बन्दै जाँदा दुर्घटनाको जोखिम बढेको छ । एक वर्ष अगाडि देखि जिर्ण पुलहरुको मर्मतमा सम्बन्धि निकायको ध्यानाकर्षण नहुँदा दैनिक हजारौं सवारी चालक जोखिम मोलेर सवारी चलाउन बाध्य भएका छन् ।
३ दशक अघि निर्माण गरिएको पोखरा बागलुङ राजमार्ग अन्तर्गत पर्वत खण्डमा पर्ने ३ वटा मोटरेवल पुल दिनप्रतिदिन जीर्ण बन्दै गएपछि यहाँ यात्रा गर्ने यात्रुहरुले जोखीम मोलेर पुलबाट यात्रा गरिरहेका छन् ।

राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गको पोखरा बागलुङ सडक खण्ड अनर्तगत पर्वतको मोदी गाँउपालिकामा पर्ने मोदीखोला ,पाती खोल र अम्वोट खोलामा बनेका मोटरेवल पुल जोखिममा रहेका हुन । पुलबाट बागलुङ, पर्वत ,म्याग्दी, मुस्ताङ र रुकुम चल्ने सवारी साधन गुडने गर्दछन् ।

यतिबेला पुल जोखिम मात्र हैन दिनहुँ वर्षा हुँदा पुलमा ठुला ठुला खाडल परेको कारण पुल दिन् प्रतिदिन जिर्ण बन्दै गएको छ । छिमेकी राष्ट्र चीन सरकारले ३० वर्ष अघि निर्माण गरिदिएको सडक खाल्डाखुल्डी परेपछि बेलाबेलामा सामान्य मर्मत गरिए पनि ठुल ठूलो सवारीसाधन गुड्ने पुल खाल्डाखुल्डी परेर पानी जम्ने ढलान भएको पुलको रड बाहिर निस्केर जोखिम बढ्दा समेत सरोकारवाला निकायले ध्यान नदिएको नेपाल रेडक्रस सोसाइटी देउपुर उपशाखा सभापति दिपेन्द्रजंग लामिछानेले ईबागलुङलाई बताए ।
सडक डिभिजन कार्यालयको बेवास्ताकै कारण पुल माथिको ढलान फुटेपछी पुल जोखिममा परेको छ ।

ती पुलहरु जुनसुकै वेला भत्किए मध्यपहाडी राजमार्ग अन्तर्गत पर्वत, बागलुङ, म्याग्दी ,मुस्ताङ र रूकुमका बासिन्दा प्रत्यक्ष रूपमा प्रभावित हुने छन् । पुलको वारिपारि सडकमा रहेका नाली समेत व्यवस्थित नहुँदा पानी परेपछि सबै पानी पुलमै जम्मा हुने गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !