Sorry, that menu does not exist.
 

राहत सामाग्री खोलामा बगाउने ६ जना अभियुक्तहरु धरोटीमा छुटे !

बागलुङ २०७७ साउन २९ । बैदेशिक रोजगारीमा रहेका युवाहरुले ढोरपाटन नगरपालिका-४ खुंगाका पीडितहरुकालागी पठाएको करीब एक लाख बराबरको खाद्यान्न राहत सामाग्री बीचमै लुटपाट गरी खोलामा फ्याँकेको घटनाका सबै आरोपीहरुलाई जिल्ला अदालत, बागलुङले एक जनालाई रु ६० हजार, तीन जनालाई जनही रु ७० हजार र दुई जनालाई जनही रु १ लाख धरौटी लिएर छोड्ने आदेश भएपछी सबै धरौटीमा छुटेका छन् ।

गत जेठ १३ गते बुर्तिवाङ बजारबाट राहत सामाग्री लिएर गएको लु २ त ४६३७ को ट्याक्टरलाई नियन्त्रणमा लिएर खोलामा फ्याँकेका अभियुक्तहरु बिरुद्ध स्थानीय शेर बहादुर शेरबुजाले कार्बाहीको लागी जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी गरेका थिए । जिल्ला प्रहरी कार्यालय बागलुङले ढोरपाटन नगरपालिका(४, खुङ्गा बस्ने ढोरपाटन नगरपालिका(४ का वडा सदस्य बर्ष ५२ को तिल बहादुर फगामी बर्ष ४३ को गन बहादुर फगामी बर्ष ४६ को हेमलाल फगामी बर्ष ३५ को हर्क बहादुर बुढाथोकी, बर्ष २८ को उमेश बुढाथोकी बर्ष ३२ को पञ्चे बिक सहित ६ जना बिरुद्ध आपराधिक उपद्रब मुद्दामा अभियुक्तहरुलाई अनुसन्धानका लागी पक्राउ गर्न जिल्ला अदालत बागलुङमा निवेदन दिएपछी अदालतबाट २०७७ असार १८ गते बिहीबार पक्राउ आदेश जारी भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !