राम प्रसाद घिमिरे बागलुङ २०७७ साउन, २९ । बिद्यामन्दिर पुस्तकालय बागलुङ द्वारा बागलुङ नगरपालिका(१, मालढुङ्गा, खुदुर्केमा खोला किनार र डम्पिङ साईडमा काम गर्ने विपन्न मजदुरहरुलाई राहत सामाग्री वितरण गरेको छ । कोरोना भाईरसको महामारीले दैनिक मजदुरी गर्ने श्रमिकहरुको रोजिरोटि नै सङ्कटमा परि समस्या परिरहेको महसुस गरि चामल, दाल, नुन, तेल लगाएत ३५ हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरेको पुस्तकालयका अध्यक्ष राम प्रसाद शर्माले बताए ।
रिड नेपालको तर्फबाट प्राप्त २५ हजार र पुस्तकालय तर्फबाट १० हजार थप गरि ३५ हजार बराबरको खाद्यान्न सामाग्री २० परिवारलाई वितरण गरिएको पुस्तकालयका उपाध्यक्ष राम थापा ुअबिरलले बताए ।
दैनिक मजदुरी गरेर जिविका चलाईरहेका विपन्न समुदायलाई कोरोनाले झनै सङ्कटमा परिरहेको थाहा पाए पछि रिड नेपालको देशव्यापी अभियान अन्तरगत बागलुङमा पनि सहयोग गर्ने अभियान थियो, यसै अभियानमा पुस्तकालयले पनि १० हजार थप गरि सहयोग गरेका हौं, उपाध्यक्ष थापाले भने,, बिहान बेलुका हात मुख जोड्नै निकै अफ्ठ्यारो परेका परिवारलाई राहात स्वरुप सहयोग गरेका हौं ।
खाद्यान्न सामाग्री बागलुङ नगरपालिका(३ , का वडा अध्यक्ष लक्ष्मी बास्कोटा, पुस्तकालयका अध्यक्ष राम प्रसाद शर्मा द्वारा संयुक्त रुपमा वितरण गरेका हुन । खाद्यान्न सामाग्री बुझि निकै भावुक हुँदै पवित्रा माझीले भनिन् ुकोरोनाका कारण दैनिक मजदुरी नै रोकिएर खाद्यान्न नभएर कयौं दिन भोकै बसिरहेको छु, आजको सहयोगले दैनिक गुजारामा सहजता मिलेको छु । कोरोनाको यो संकटपुर्ण अवस्थामा हुँदाखाने विपन्नहरुलाई सहयोग गर्ने अभियान सबैले सिको गर्न सके समाजमा भोकै बस्नपर्ने अवस्था न्युनिकरण हुने निश्चित छ ।