रामप्रसाद घिमिरे, बागलुङ, २०७७ साउन ३० । प्रबिधि मैत्री सेवा प्रवाह गर्दै आईरहेको सिवाइसि सहकारीले कोरोना भाइरस कोभिड १९ को महामारीमा सुरक्षित सेवा प्रवाह गर्ने उद्देश्यका साथ सदस्यहरुले आफ्नो मोबाइलमा ब्यालेन्स सकिएमा घरमै बसि मिस्डकल गरि आफ्नो खाताबाट १०० रुपैयाँ ब्यालेन्स रकम आफ्नो मोबाइलमा प्राप्त गर्न सकिने सेवा सुरु गरेको छ ।
९८६०५८०६०१ मा मिस्डकल मार्फत रिचार्जका लागि सिवाइसि सहकारिको सदस्य हुनुपर्ने र खातामा रकम भएका १ पटक मिस्डकल गर्दा १०० रुपैयाँ तुरुन्तै रिचार्ज र एक दिनमा बढिमा पाँच पटक रिचार्ज गर्न सकिने संस्थाले जनाएको छ ।
सुचना र सञ्चारको तिव्र बिकाश सँगै मानिसहरु बिना मोबाइल बस्न नसक्ने अवस्थामा आफ्नो मोबाइलमा ब्यालेन्स सकिएर पसलमा रिचार्ड कार्ड किन्न जानुपर्ने, जेष्ठ नागरिकजरुले रिचार्ड कार्ड कोरि रिचार्ड गर्ने झन्झटको अन्त्य गरि सेवा प्रवाहमा सहज पहुँच पुर्याउने लक्ष्यका साथ सुरुगरियको संस्थाका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलले बताए ।
मिस्डकल सेवा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले पछिल्ला दिनहरूमा संस्थाले सुरुगरिरहेका सदस्य मैत्री सेवाहरुले सहकारी मै उत्कृष्ट रहेको बताए ।
धौलागिरि क्षेत्रमै पहिलो पटक सुरुगरिएको यो सेवाले सिवाइसिको सदस्य मैत्रि गुणस्तरीय सेवा विस्तारमा थप उत्साह थपेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपाने ले बताए ।
२०६७ साल देखि सेवा सुरुवात गरेको संस्थाले हाल ११ वटा सेवा केन्द्रहरुबाट १० हजार २ सय भन्दा बढी सदस्यलाई आवद्ध गरि सेवा प्रवाह गरिरहेको न्यौपाने भनाई रहेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, सिवाइसी सञ्चार उपसमितिका सदस्य तथा पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, धौलागिरी बहुमुखी क्याम्पसका प्राध्यापक बिप्लव शर्माले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम सिवाइसी सहकारी संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्माको अध्यक्षता, संस्थाका सचिव जयराम भारी स्वागत र सहकारीका सिइओ कवि न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।