Sorry, that menu does not exist.
 

बागलुङको अस्पताल रोड नै कोरोना संक्रमित क्षेत्र बन्दै !

बागलुङ २०७७ साउन ३२ । जिल्लाको एकमात्र सुविधा सम्पन्न धौलागिरी अस्पताल तथा यस आसपासका क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछी यस क्षेत्रलाई नै कोरोना संक्रमित क्षेत्र घोषित गर्नु पर्ने अवस्था आउन सक्ने आशंका जनमानसमा उव्जिएको छ । चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मी कर्मचारीहरु सहित १ सय ६० जना भन्दा बढी कार्यरत अस्पतालमा पछिल्लो समय कोरोनाको सन्त्रास बढेको हो ।
धौलागिरी अस्पतालमा बढ्यो कोरोनाको सन्त्रास, आकष्मिक बाहेक सबै सेवा बन्द !
धौलागिरी अस्पताल संगै जोडिएर रहेको निर्माणाधीन ‘सी’ ब्लकमा काम गर्ने महोत्तरीबाट आएका एक दर्जन बढी मजदुरहरुमा कोरोना संक्रमण देखिएपछी अस्पताल र त्यस आसपासको क्षेत्र कोरोना संक्रमणको संवेदनशील क्षेत्रको रुपमा लिन थालिएकै अवस्थामा अस्पतालका दुई जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएपछी कोरोनाको सन्त्रास एक्कासी बढेको अस्पताल श्रोतले बतायो ।
धौलागिरी अस्पताल भवन निर्माणार्थ महोत्तरीबाट ल्याइएका थप १३ जना श्रमिकमा कोरोना पुष्टि !
यसैवीच अस्पताल रोडमै (धौलागिरी अस्पतालकै नजिक) होटेल व्यवसाय गर्ने ३८ वर्षिया महिलामा कोरोना संक्रमण देखिएपछी अस्पताल एरिया नै सिल गर्नु पर्ने चर्चा बजारमा छ ।
धौलागिरी अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण : अस्पतालको बहिरंग सेवा बन्द !
अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, बिरामीहरुले खानपिन गर्ने यस होटलकी सन्चालिकालाई कोरोना संक्रमण पुष्टि भएपछी बागलुङ नगरपालिका २ वडा कार्यालयले एक सूचना जारी गर्दै निज व्यवसायीसंग प्रत्यक्ष सरोकार रहेका व्यक्ति तथा व्यवसायीहरु कम्तिमा ५ दिन (स्वाब संकलन गरी रिपोर्ट नआउदा सम्म) होम क्वारेटाईनमा बसी सहयोग गर्न अनुरोध गर्दै सम्पूण २ नं वडावासी नागरिक तथा व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय बागलुङले जारी गरेको आदेश सहितको सूचनाका नियमहरु (स्वास्थ्य सुरक्षाका मापदण्ड) को पूर्ण पालना गर्न अनुरोध गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !