बागलुङ २०७७ साउन ३२ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय बागलुङमा जिल्ला स्थित व्यवसायिक संघ संस्था नागरिक समाजसंग कोविड-१९ संक्रमण रोकथाम नियन्त्रण र उपचार विषयमा व्यापक अन्तरक्रियात्मक छलफल भएको छ ।
छलफलमा बागलुङ जिल्लामा कोविड-१९ को संक्रमण बढ्दै गएको अवस्थामा जनस्वास्थ्यमा गम्भीर असर पर्ने कुरालाई मध्यनजर गरी कोविड-१९ संक्रमण रोकथाम, नियन्त्रणका लागी थप सतर्कता अपनाउनका साथै नेपाल सरकारले जारी गरेको कोविड-१९ महामारीको समयमा उद्योग वाणिज्य तथा आपुर्ति क्षेत्रले अपनाउनु पर्ने सुरक्षा मापदण्ड कडााईका साथ पालना गर्न गराउने सन्दर्भमा भोलि भदौ १ गते देखी अर्को व्यवस्था नभएसम्म उद्योग व्यवसायीहरुले बागलुङ जिल्लाभरी लागु हुने गरी विविध निर्णयहरु गरेको छ ।
निर्णयहरु कार्यान्वय (पालना) भए नभएको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी न्यौपानेको संयोजकत्वमा ११ सदस्यीय अनुगमन समिति पनि गठन गरिएको छ । समितिको सदस्यहरुमा प्रमुख सेनानी मिलनध्वज खाण, प्रहरी उपरीक्षक शारदा प्रसाद चौधरी, उप अनुसन्धान निर्देशक नरेन्द्रराज गिरी, सशस्त्र प्रनाउ रमेशकुमार गुरुङ, जिल्ला समन्वय अधिकारी राजु प्रसाद न्यौपाने, जिल्लास्थित सम्वन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, मेसु डा शैलैन्द्र बिक पोखरेल, क्वारेन्टिन तथा आईसोलेशन अस्पतालका स्वास्थ्य प्रमुख, कार्यालय प्रमुद सुरज गुरौँ र प्रशासकीय अधिकृत धिरेन्द्र राज पन्त सदस्य सचिव रहेका छन् ।
स्वास्थ्य सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न गराउन प्रजिअको संयोजकत्वमा अनुगमन समिति गठन !
२०७७ श्रावण ३२, आईतवार २१:४३
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०