Sorry, that menu does not exist.
 

बडीगाड गाउपालिकामा कन्ट्याक ट्रेसिङ सुरु, बन्द क्वारेन्टाईन पुन: सन्चालन !

बागलुङ (खर्वाङ) २०७७ भदौ १ । बडीगाड गाउपालिका ६ का वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएपछी उनको सम्पर्कमा आउनेहरुको कन्ट्याक ट्रेसिङ सुरु गरिएको छ । साउन ३१ र ३२ गते दुई दिनमा विभिन्न क्षेत्रका सय जनाको स्वाब संकलन गरी परीक्षणका लागी सम्वन्धित प्रयोगशालामा पठाईएको र स्वाब संकलन कार्य जारी रहेको सहकर्मी कमल पौडेलले खर्वाङबाट जानकारी दिएका छन् । स्वाब संकलन अभियानमा सवारी चालक, यातायत व्यवसायी, होटेल सन्चालक, जनप्रतिनिधीहरु, कर्मचारी र स्थानीय नागरिक रहेका छन् ।

लकडाउनले सुनसाउन खर्वाङ बजार ।
यसैवीच खाली बनेको त्रिभुवन नमुना माविको क्वारेन्टाईन कक्ष पुन सन्चालनमा ल्याउने गाउपालिकाले निर्णय गरेको छ । भारत वा बाहिरबाट गाउपालिका प्रवेश गर्नेहरुलाई क्वारेन्टाईन राख्न र उनिहरुको आवश्यक व्यवस्थापन खानपिन गाउँपालिकाले नै व्यहोर्ने पनि जानकारीमा आएको छ । बडीगाड गाउपाकिा भदौ ७ गते सम्मका लागी पूर्ण लकडाउनमा छ ।

तस्वीर सौजन्य- कमल पौडेल, खर्वाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !