राम प्रसाद घिमिरे, म्याग्दी २०७७ भदौ १ । म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटमा रहेको अर्जुन माध्यमिक विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष र प्रअले आर्थिक अपचलन गरेको आरोप लागेको छ । वडा अध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा बहादुर थापा र विद्यालयका प्रअ शिव कुमार खत्रीले विद्यालयको भवन निर्माणको बहानामा विद्यालयको गरिमा विकास बैंकको खातामा रहेको रकम प्रअ र अध्यक्षको मिलेमतोमा निकालेका थिए ।
बेनी नगरपालीक शिक्षा शाखाको प्राबिधिक तथा आर्थिक सहयोमा टस्ट भवन निर्माणका लागी बिनियोजन भएको १६ लाख र करिब २ लाख ८२ हजार स्थानिय जनश्रमदान गर्नुपर्ने योजना रहेकोमा प्राविधिक मुल्याङकन गर्दा १२ लाख ७६ हजार निस्कीय पछी विद्यालयको खातामा रहेको रकम दुईजनाको मिलेमतोमा निकालेको स्थानियको बताईएको छ । बिद्यालयको गरिमा बिकास बैंक बेनी शाखामा रहेको खाताबाट अध्यक्ष र प्रअले सुट्क्क ३ लाख रकम निकालेको थाहा भएपछी उनिहरुले ३ महिना पछी रकम फिर्ता गरेका हुन ।
विद्यालयको खातामा रहेको रकम समितिको बैठक र निर्णय विना प्रअ र अध्यक्षकै मिलेमतोमा रकम चलाएको विद्यालय व्यवस्थापन समितिका सदस्य भिम बहादुर पौडेलले बताए । बेनी नगरपालिका शिक्षा शाखाको प्राबिधिक तथा आर्थिक सहयोगमा भवन निर्माण गर्दा निर्माण समिति मार्फत आफु निकट व्यक्तिलाई दिएको आरोप समेत लागेको छ । विद्यालयका सदस्यहरुले अनियमितताको आशंकामा बिरोध गर्दै प्राबिधिक ईस्टमिटका आधारमा काम गर्दा र सोही बमोजिम पैसा निकास हुँदा उल्टो करिब ४ लाख भन्दा बढी घाटा परेको भनेर चोर बाटोबाट बिधालयको आन्तरिक खाताबाट पैसा निकालिएको र यसमा अध्यक्ष र प्रअ दुवैको मिलेमतो रहेकोले स्वतन्त्र छानबिन र कार्बाहीको माग गरेका छन् । यसबारे पटक पटक बैठक गरिएपनि बिधालय ब्यबस्थापन समितीका अध्यक्ष र प्रअले स्पष्ट हिसाब देखाउन नसकेको स्थानियले बताए । विद्यालयमा भएको अनियमित प्रति गम्भिर छानबिनका लागी प्रक्रिया अगाडी बढाउनुपर्ने स्थानिय डम्बर सापकोटाको माग छ ।
विद्यालयमा प्रअ र अध्यक्षको मिलेमतोमा आर्थिक अनियमितता भएको आरोप लागेपछि प्रध्यानध्यापकले एक साता अघि राजिनामा दिएकोमा आर्थिक अनियमितताको आरोप लागेका प्रअको राजिनामा व्यवस्थापन समितिले स्वीकृत गरी नयाँ प्रअ नियुक्ति गरेको छ । विद्यालय व्यवस्थापन समितिको निर्णय विना रकम खर्च भएको चौतर्फी विरोध भएपछी वैकवाट निकालेको रकम ४ महिना पछी वैकमा फिर्ता गरेका छन् । वडा अध्यक्ष हिरा वहादुर थापाले विद्यालयकै काम भएकोले निर्माण समितिलाई सापटी स्वरुप रकम दिएको दाबी गरे । विल अनुसारको सामान नआएको देखिएकोले निर्माण समितिको हिसाव विद्यालय व्यवस्थापन समितिले स्वीकार नगरेको वताए । कोरोनाको संकटको वेला भएकोले विद्यालयको खातामा रहेको रकम दिएको अध्यक्ष थापाको भनाई छ ।
बेनी नगरपालिक शिक्षा शाखाको प्राविधिक मुल्याङकन गर्दा १२ लाख ७६ हजार निस्कीय पछी निर्माण समितिले करिव ३ लाख ५० हजार घाटा परेको देखाएकोले छानबिन गरिरहेको वडा अध्यक्ष थापाले बताए । सो विद्यालयमा कहिले प्रअ र शिक्षकबिचको झगडा कहिले बिधार्थी माथीको कुटपिट त कहिले भवन निर्माणको क्रममा गरिएको कमिशन जस्ता काण्डहरुले चर्चा परिचर्चामा आउने गरेको छ । वडा अध्यक्ष थापालाई यस अघि आर्थिक अनियमितिता गरेको आरोपमा विप्लव माओवादीले कालो मोसो दलेको थियो ।